७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

सात मन्त्रालय,तीन निकायको दरबन्दी दर्ता भएको छ । पछिल्लो तीन दिनमै विभिन्न सात मन्त्रालय र तीन निकायको ६२२ दरबन्दी टुंगिएको हो । राष्ट्रिय कितावखानाको स्पेशिल टास्क टिमद्धारा पछिल्लो तीन दिनमै ६ विशिष्ट , २७ सहसचिव वा सो सरह सहित कुल ६२२ पद दरवन्दी दर्ता भएको हो ।

बिज्ञापन

नेपाल सरकार,मन्त्रिपरिषदको २०८३ असार ३२ को नयाँ संगठन तथा पद दर्ता गर्ने निर्णय कार्यान्वयन गर्ने तर्फ मन्त्रालयहरु विच एक किसिमको प्रतिष्प्रर्धा नै देखिएकोछ । भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रवार अर्थात ८ श्रावणमा पहिलो दर्ताका लागि राष्ट्रिय कितावखानामा प्रकृया अगाडि वढाएकोमा मंगलबारसम्मका सात मन्त्रालय र अन्तर्गतका ३ निकाय समेतको संगठन तथा पद दर्ताका फाइलहरु प्राप्त भएको महानिर्देशक श्रवण कुमार पोखरेलले जनाउनुभएको छ । किताबखानाका अनुसार,यो अवधिमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयक १४० दरवन्दी कायम भएको छ । सो मन्त्रालयको ८५ दरबन्दी कटौतीमा परेको छ । यस्तै राष्ट्रिय कितावखाना ३२ दरबन्दी कटौती गर्दै १०६ दरवन्दी दर्ता भएको छ । यता सोही मन्त्रालय मातहतको सहकारी रजिष्ट्रारको कार्यालयको ३७ दरवन्दी कायम भएको छ । हिजैमात्र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय ९० दरवन्दी स्वीकृत भएकोमा आज अपरान्हसम्ममा रक्षा मन्त्रालयको ६५ दरवन्दी,सूचना तथा संचार मन्त्रालय – ७० दरवन्दी कायम भएको किताबखानाले जनाएको छ । यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – ९६ दरवन्दी कायम हुँदा न्याय सेवा तालिम केन्द्र – १८ दरवन्दी कायम भएको जनाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय – पुरक विवरण माग गरिएको जनाइएको छ । किताबखानाका अनुसार
महिला ,वालवालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको दरबन्दी विवरण समेत प्राप्त भइसकेको जनाइएको छ ।

बिज्ञापन

राष्ट्रिय कितावखानाले सरकारको स्परिडलाई उच्च प्राथमिकतामा राखेर प्रत्येक दिन समय मै दर्ताका लागि प्राप्त फाइलहरु मध्ये सम्पुर्ण प्रमाण, प्रकृया पुगिसकेकाको हकमा सोहि दिन दर्ता टुंग्याउने गरि स्पेशल टास्क टिम परिचालन गरेको छ । उक्त टिमले तीन दिनमै विभिन्न श्रेणि वा तहका ६२२ दरवन्दीको दर्ता टुंग्याएकोछ । अपुरो कागजात भएकाहरुको हकमा भने पेश भएका वखत दर्ता प्रकृया शूरु गरिने राष्ट्रिय कितावखानाले जनाएकोछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष