मुख्य सचिवका चार प्रवल दाबेदार,कस्को सम्भवना बढी ?

मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गते ५८ वर्षे उमेरहदका कारण सेवा अवकाशमा जाँदैछन् । उनी पछि ३० औं मुख्य सचिवको भूमिकामा को पुग्ला ?
गत बर्ष अर्थात ०८२ मंसिर ८ गते मुख्यसचिवमा नियुक्त भएका अर्याल करिब ८ महिला मुख्यसचिवको कुर्सीमा बसेर अनिवार्य अवकाशमा जाँदैछन् । उनी अवकाशमा गएसँगै मुख्य सचिवको कुर्सीमा को पुग्ला ? के सर्वोच्च अदालतको झैं बरियता भत्किएला वा सिनियरमध्यकैबाट कोही सचिव मुख्यसचिवको कुर्सीमा पुग्लान ? मुख्यसचिव नियुक्तिमा ऐनमा ‘ज्येष्ठता र कार्यकुशलताका आधारमा’ भन्ने लेखिएको भए पनि सो बिषय कार्यन्वयन हुनेमा कर्मचारीहरु नै शंका गर्न थालेका छन् ।

बिज्ञापन

प्रधानमन्त्रीको समूहले सुशासन, अनुशासन र परिणाममुखी प्रशासन निर्माणको अभियानमा सहयोग गर्ने र विवादमा नपरेको, स्वच्छ छवि भएको, फाइलमा भन्दा परिणाममा काम गर्ने र मुख्यसचिव खोजिरहेको कर्मचारीवृत्तमा चर्चा छ । त्यसमा पनि उमेर, क्षमता, इमान्दारिता सबै हेरेर बालेन सरकारले नयाँ प्रशासनिक नेतृत्व ल्याउने सम्भावना प्रवल रहेको सचिवहरु नै बताउँछन् । सम्भवतः ५५ वर्ष उमेर नपुगेको र ३० वर्षे सेवा अवधि पनि नभएको कोही सचिव मुख्य सचिवको कुर्सीमा उक्लने प्रवल सम्भवना रहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ ।
सचिवको दरबन्दी ७१ जनाको रहे पनि हालसम्म ११ सचिव नै रिक्त अवस्थामा छ । बढुवाका लाइनमा रहेका बरिष्ठ सहसचिवहरु फागुनदेखि सचिवमा उक्लन सकेका छैनन् । अवकाशको मुखमा निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीदेखि उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करहरु घर फर्किए पछि सुमनराज अर्याल ५८ बर्षे उमेर हद लागेर घर जाँदैछन् ।bमुख्य सचिव अर्याल अवकाशमा गएको दुई दिन पछि विशेष दरबन्दीका सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गते,प्रम कार्यालयमा रहेका सचिव किरणराज शर्मा अर्को महिना अर्थात साउन ३ गते अनिवार्य अवकाशमा जाँदैछन् । बरिष्ठताका आधारमा चयन भए किरणराज शर्मा मुख्य सचिव हुनेछन् । निजामती किताबखानाको विवरण अनुसार,लोकनाथ पौड्याल साउन ६ मा अनिवार्य अवकाशमा जानेछन् । साउन १९ गते प्रधानमन्त्री कार्यालय कै जगेडामा तानिएका सचिव हरिप्रसाद मैनाली, प्रम कार्यालयमा जगेडामा तानिएका गोविन्दप्रसाद शर्मा पनि साउन २४ मा घर जाँदा भदौं २ गतेबाट डिल्लीराम शर्मा घर जानेको सूचीमा छन् । यस्तै भदौं ३ गते बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र १३ असोजमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएको दुई दिन पछि गृह सचिव राजकुमार श्रेष्ठ र सरजुकुमार वैद्य,हाल राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ र कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र मंसिर २८ गते अनिवार्य अवकाशमा जानेको सूचीमा छन् ।

बिज्ञापन

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत पुस २० गते अनिवार्य अवकाशमा जाँदैछन्। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ पुस ३० गते अनिवार्य अवकाशका जाने सूचीमा छन्। लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। यस्तै राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा भएका सचिव दिनानाथ मिश्र चैत २ मा अवकाशमा जानेछन् ।

मुख्यसचिव नियुक्तिको दिनसम्म पुग्दा वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा हुनेछन् । दोस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेका हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, गोविन्दप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल लगायत रहेका छन् । यदी किरणराज शर्मा मुख्य सचिव नियुक्त भए भने उनी ०८४ कात्तिक अन्तिमसम्म पदमा रहनेछन् उनीपछि जगेडामा तानिएका सचिव हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, गोविन्दप्रसाद शर्मा, गृह मन्त्रालयका राजकुमार श्रेष्ठ, पूर्वाधर विकास मन्त्रालयका गोपाल सिग्देल, राष्ट्रिय योजना आयोगका रविलाल पन्थ, उद्योग मन्त्रालयका कृष्णबहादुर राउत, लोकसेवा आयोगका रामेश्वर दंगाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मुकुन्दप्रसाद निरौला मुख्य प्रतिस्पर्धामा छन् ।
जेष्ठताका आधारमा उनीहरु पछि रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला मात्रै मुख्यसचिवको दौडमा बाँकी रहने सम्भावना देखिन्छ ।
मुख्यसचिवको प्रतिस्पर्धामा अहिलेका नौ सचिवपछि दोस्रो तहमा श्रम मन्त्रालयका सचिव दीपक काफ्ले, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा त्यसपछि सचिव बनेका घनश्याम उपाध्याय, दिनेश घिमिरे, राधिका अर्याल, विश्वबाबु पुडासैनी, चुडामणि पौडेल, केदारनाथ शर्मा, गोविन्दबहादुर कार्की, लक्ष्मीकुमारी बस्नेत, अमृतबहादुर राईलगायतका सचिवहरुलाई पनि भावी मुख्यसचिवको दावेदार हुन ।

बिज्ञापन

स्रोतका अनुसार मुख्य सचिवका प्रवल दावेदारका रुपमा हेरिएका अर्काे पात्र थिए शोभाकान्त पौडेल थिए । गृहमन्त्री सुदन गुरुङ छानबिन समितिमा रहेका उनी छानबिन समितिले सुदन गुरुङलाई क्लिन चिट दिएसँगै आफू नै भावी मुख्य सचिवको रुपमा प्रचार र प्रधानमन्त्री सचिवालयसँग लबिइङ गरेको खुलेसँगै मधेश प्रदेश पुगेका छन् । यस अघि प्रधानमन्त्रीलाई यस्तै म्यासेज गर्दा कृष्णहरि पुष्कर केही घण्टा प्रहरी नियन्त्रणमा मात्र पुगेनन,सरुवा नै भएका थिए ।

अब मुख्य सचिवको प्रवल दावेदारमा बरियताका आधारमा किरण शर्मा रहेका छन् । गृहमन्त्री सुदन गुरुङको जिल्लाबासी भएका नाताले राजकुमार श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले च्यापेका कारण गोपाल सिग्देल मुख्यसचिवका बलिया दाबेदारका रूपमा हेरिएको छ । यस्तै यस अघि प्रधानमन्त्री कार्यालयबाट अर्थमा सरुवा हुने तयारी भएर अन्तिममा रोकिएका गोविन्द कार्कीको नाम समेत मुख्य सचिवका रुपमा चर्चामा छ । प्रधानमन्त्रीसँग नजिक रहेर काम गरेका कारण किरण र गोविन्द र गृहमन्त्री सुदनसँग नजिक रहेका आधारमा राजकुमार श्रेष्ठलाई भावी मुख्यसचिवको रुपमा हेरिएको छ । शिक्षा सेवाबाट शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ खुला प्रतिस्पर्धाबाट उपसचिव हुँदै सचिवसम्म पुगेका अधिकारी हुन् । गृहमन्त्री सुधन गुरुङसँग उनको राम्रो कार्यसम्बन्ध रहेको चर्चा छ । दुवैको गृहजिल्ला गोरखा भएकाले राजनीतिक तहबाट पनि उनको पक्षमा सहज वातावरण बन्न सक्ने आँकलन केही अधिकारीहरूले गरेका छन् । सचिव गोपाल सिग्देलको नाम पनि सम्भावित मुख्यसचिवको सूचीमा रहेको स्रोतले जनाएको छ । विशेष गरी मन्त्री सुनिल लम्सालसँगको निकट सम्बन्धका कारण उनले मुख्य सचिवमा बाजी मार्ने सक्ने बताइएको छ । प्रधामन्त्री समेत प्राविधिक भएका कारण प्राविधिक सेवाकै व्यक्ति मुख्य सचिव हुन सक्ने प्रवल सम्भवना रहेको बताइएको छ । यस अघि शहरी र भौतिक मन्त्रालय हुँदा केशव शर्मा अनिवार्य अवकाशमा गएपछि मन्त्री सुनिल लम्सालकै जोडबलमा उनलाई दुई वटा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको थियो ।

मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा मन्त्रीद्धय सुनील लम्साल र सुधन गुरुङ भिडिरहेका छन् ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘एकै जिल्लाको भएका कारण सुधनले गृहसचिव राजकुमार श्रेष्ठलाई मुख्यसचिव बनाउन चाहेका छन्,अर्कोतिर भौतिक पूर्वाधार सचिव गोपाल सिग्देलको नाम लिएर सुनिल लम्साल हिँडेका स्रोतले जनाएको छ । निजामती प्रशासनमा मुख्यसचिव नियुक्तिको परम्परागत आधार वरिष्ठता भए पनि पछिल्ला केही वर्षयता त्यसले मात्र निर्णय नदिने अवस्था देखिएको छ । यी व्यक्तिहरुको चर्चा र परिचर्चा भए पनि अन्तिम निर्णय मन्त्रिपरिषद्को राजनीतिक तथा प्रशासनिक समीकरणले नै निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहसचिव बरण्डामा,उपसचिवलाई जिम्मेवारी

कम्युटर अपरेटरदेखि सहसचिवसम्मको सरुवाको सूची तयार

मुख्य सचिवका चार प्रवल दाबेदार,कस्को सम्भवना बढी ?

तीन हप्तामा ४३ उपसचिव, ६ जना सहसचिव सहित १७८ जना कर्मचारीले दिए राजीनामा

राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआबद्ध हुने

सेनाका दुईतारे जर्नेललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

५५ वर्षमै अनिवार्य अवकासको प्रस्तावमा कानुन मन्त्रालयको असहमति, निजामती विधेयक डेढ महिनादेखि रोकियो

बिहिबार मध्यरातीदेखि सूत्र प्रणाली बन्द

बिशेष