अश्लिल हर्कतको भिडियो सार्वजनिक भए पछि सिंहदरबारबाटै पक्राउ परे अधिकृत

अनैतिक हर्कत गरेको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । प्रहरीले सार्वजनिक स्थलमा महिलाका अगाडि गोप्य अङ्ग प्रदर्शन गरी अश्लिल हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका एक अधिकृतलाई नियन्त्रणमा लिएका हो । बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्टले ललितपुरको इमाडोलमा यस्तो अश्लिल हर्कत गरेको भिडियो सामाग्री सामाजिक सञ्जालमा छरपष्ट भएको थियो । पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको खुलेसँगै प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो। उनलाई ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। भट्टमाथि मुलुकी अपराध संहिता बमोजिम कानूनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष