अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालस्थित प्रहरी इकाईको पुरै सेट’ परिवर्तन गरेको हो । त्यहाँका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालसहित अधिकांश उच्च अधिकारीहरूको सरुवामा परेका हुन । खनाल प्रहरी प्रधान कार्यालय, नक्सालको कार्य विभागमा सरुवा गरेर त्यहाँ कार्य विभागका डीआईजी अरुण पौडेल पठाइएका छन् । शुक्रबार गृहमन्त्री सुधन गुरुङको निर्णयबाट यो सरुवा भएको हो । यस्का अलवा डीआईजीको नेतृत्व परिवर्तनसँगै एसपी, डीएसपी र इन्स्पेक्टरसहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई आयोगबाट फिर्ता बोलाउँदै नयाँ टोली खटाइएको छ । अख्तियारमा कार्यरत रहेका का एसपी मोहन थापालाई फिर्ता बोलाएर यूएन शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई खटाइएको छ । यस्का अलवा डीएसपीहरूमा उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दीपककुमार कार्की र भीम खड्का, ज्ञानमञ्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठलगायत इन्पेक्टरहरु पनि आयोगबाट फिर्ता गरिएको छ । गृह मन्त्रालयले अख्तियारमा कार्यरत प्रमुखसहित अधिकृत स्तरका सबै प्रहरी कर्मचारीको एकैपटक सरुवा गरी नयाँलाई पठाइएको हो ।

बिज्ञापन

अख्तियारमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)ं को नेतृत्वमा प्रहरी युनिट कार्यरत छ । हाल अख्तियारको डिआईजीमा शेखर खनाल छन् । अख्तियारमा एसएसपी, एसपी, डिएसपी र प्रहरी निरीक्षक गरी करिब २० भन्दा बढी अधिकृतको दरबन्दी छ ।

बिज्ञापन

अख्तियारमा रहेका प्रहरीले भ्रष्टाचारसम्बन्धी उजुरीको अनुसन्धान, अभियोजन, सूचना र तथ्यांक संकलन, गोप्य निगरानी, गोप्य अपरेशन सञ्चालनदेखि कसुरदार वा आरोपीलाई पक्राउ गरी हिरासतमा राख्ने तथा अख्तियारका अनुसन्धान अधिकृतहरुलाई अनुसन्धानमा प्राविधिक सहयोग गर्नेसम्मका काम गर्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष