बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

गत फागुनदेखि सचिव बढुवाको प्रक्रिया अवरुद्ध हुँदा बरिष्ठ सहसचिवहरु मारमा परेका छन् । बढुवाको मुखैमा आइपुग्दा सरकारको नीतिका कारण बरिष्ठ सहसचिवहरु सोही पदबाट घर फर्किनुपर्ने स्थितिमा पुगेका हुन ।  एकै पटक सात जना सचिवको दरबन्दी रिक्त हुँदा समेत सरकारले सचिव बढुवा प्रक्रिया अगाडि नबढाउँदा बढुवाको मुखमा परेका बरिष्ठ सहसचिवहरु मारमा परिरहेका हुन ।

बिज्ञापन

यही सातामात्र थप दुई जना सचिवहरु अनिवार्य अवकाशमा गएसँगै ७ सचिवको दरबन्दी रिक्त हुन पुगेको छ । गत फागुनमा प्रशासनतर्फका एक,चैत्रमा प्राविधिक दुई,वैशाखमा प्राविधिक दुई सचिव अनिवार्य अवकाश लागेर घर फर्किएका छन् । यही सातामात्र दुई प्राविधिक सचिवहरु घर गएका छन् । यसरी फागुनदेखि असारसम्मको चार महिनामा सात जना सचिवहरु अनिवार्य अवकाशमा गए पछि सचिव बढुवा प्रक्रिया अवरुद्ध छ ।  यही सातामात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रालयको सचिव प्रमिलादेवी बज्राचार्य अनिवार्य अवकाशमा गएसँगै सात सचिवको पद रिक्त हुन पुगेको छ ।

बिज्ञापन

यस अघि सचिव रामआधार साह अनिवार्य अवकाशमा गए पनि सो ठाउँमा समेत बरिष्ठ सहसचिवहरु बढुवा हुन सकेका छैनन् । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामआधार साह ५८ वर्ष पूरा भएर गत वैशाख ९ गते अनिवार्य अवकाशमा गएका थिए । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे फागुन १० गते अनिवार्य अवकाशमा गए पनि पदपूर्ति हुन सकेको छैन । यस्तै गत ९ चैत्रमा मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र चैत्र १३ मा दिपक खराल अनिवार्य अवकाशमा गएसँगै सो पद पनि रिक्त रहेको छ । नेपाल सरकारले सचिव स्तरमा ७१ दरबन्दी कायम गरेको छ । त्यसमध्य हाल ६४ जनाको मात्र दरबन्दी पदपूर्ति हुन सकेको छ । उसो त अहिले धमाधम मन्त्रालयहरुको ओएण्डअएमको काम चल्दैछ । स्रोतहरुका अनुसार सरकारले कम्तिमा १० सचिवको दरबन्दी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ । यदी १० सचिवको दरबन्दी कटौती भउको खण्डमा बढुवाको मुखमा रहेका बरिष्ठ सहसचिवहरु थप मर्काेमा पर्नेछन् र सहसचिवबाटै घर जानुपर्ने स्थिति बन्ने देखिदैछ ।

सचिव बढुवा हुने लाइनमा बरिष्ठ सहसचिवहरु इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा,जयनारायण आचार्य, रूद्रमान सिंह तामाङ लगायत रहेका छन् । यस्तै प्राविधिकतर्फ बुद्धिसागर लामिछाने भ्रष्टाचार मुद्धा लागेसँगै उर्जा मन्त्रालयका नवीनराज सिंह, सञ्जीव कुमार देव प्राविधिकतर्फबाट सचिव बन्ने प्रतिष्प्रर्धामा रहेका छन् । यीमध्ये कतिपय सहसचिवहरु अनिवार्य अवकाशमा जाने स्थिति बनेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष