मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गते ५८ वर्षे उमेरहदका कारण सेवा अवकाशमा जाँदैछन् । उनी पछि ३० औं मुख्य सचिवको भूमिकामा को पुग्ला ?
२०८२ मंसिर ८ गते मुख्यसचिवमा बढुवा भएका अर्याल करिब ८ महिला मुख्यसचिवको कुर्सीमा बसेर अनिवार्य अवकाशमा जाँदैछन् । मुख्य सचिव अनिवार्य अवकाशमा परेर घर जान अब जम्माजम्मी दुई सातामात्र बाँकी छ । सो कुर्सीमा को पुग्लान ? सर्वाेच्च अदालतको झैं बरियता भत्किएला वा सिनियरमध्यकैबाट कोही सचिव मुख्यसचिवको कुर्सीमा पुग्लान ? प्रधानमन्त्री बालेन्द्र शाह अध्यक्ष हुने संवैधानिक परिषदले ज्येष्ठतामा पहिलो नम्बरमा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरेर चौथो नम्बरका डा मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुपाइपछि शर्मा नै प्रधान न्यायाधीश बने । मुख्यसचिव बढुवा नियुक्तिमा पनि ऐनमा ‘ज्येष्ठता र कार्यकुशलताका आधारमा’ भन्ने लेखिएको भए पनि सो बिषय कार्यन्वयन हुनेमा कर्मचारीहरु नै शंका गर्न थालेका छन् । उसो त विगतका सरकार हुँदा मुख्यसचिव बन्न महिनौँअघिदेखि शक्तिकेन्द्र धाउने प्रचलन थियो । यस पटक त्यस्तो स्थिति देखिएको छैन ।
बिज्ञापन
प्रधानमन्त्रीको समूहले सुशासन, अनुशासन र परिणाममुखी प्रशासन निर्माणको अभियानमा सहयोग गर्ने र विवादमा नपरेको, स्वच्छ छवि भएको, फाइलमा भन्दा परिणाममा काम गर्ने र मुख्यसचिव खोजिरहेको कर्मचारीवृत्तमा चर्चा छ । त्यसमा पनि उमेर, क्षमता, इमान्दारिता सबै हेरेर बालेन सरकारले नयाँ प्रशासनिक नेतृत्व ल्याउने सम्भावना प्रवल रहेको सचिवहरु नै बताउँछन् । सम्भवतः ५५ वर्ष उमेर नपुगेको र ३० वर्षे सेवा अवधि पनि नभएको कोही सचिव मुख्य सचिवको कुर्सीमा उक्लने प्रवल सम्भवना रहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ ।
हाल रहेका ६५ जना सचिवहरुमध्ये यही महिनाभित्रैमा मुख्यसचिवसहित ६ सचिव घर जादैंछन् । अवकाशको मुखमा सरुवामा परेका चिरिञ्जीवि चटौत यही साता अवकाशमा जानेछन् । यस्तै हालैमात्र विज्ञान, प्रविधि तथा नवप्रवर्तक मन्त्रालय सम्हाल्न आएकी प्रमिला बज्राचार्य आगामी १६ गते, निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी असार २०, उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर असार २३ मा अवकाशमा जाँदैछन् । उनी पनि अनिवार्य अवकाशमा जानेछन्,मुख्य सचिव सुमनराज अर्याल ।
मुख्य सचिव अर्याल अवकाशमा गएको दुई दिन पछि विशेष दरबन्दीका सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गते,प्रम कार्यालयमा रहेका सचिव किरणराज शर्मा अर्काे महिना अर्थात साउन ३ गते अनिवार्य अवकाशमा जाने भएका हुन्। यस्तै लोकनाथ पौड्याल साउन ६ मा अनिवार्य अवकाशमा जानेछन् । निजामती किताबखानाको अनुसार साउन १९ गते प्रधानमन्त्री कार्यालय कै जगेडामा तानिएका सचिव हरिप्रसाद मैनाली, प्रम कार्यालयमा जगेडामा तानिएका गोविन्दप्रसाद शर्मा पनि साउन २४ मा अनिवार्य अवकाशमा जाँदैछन भने भदौं २ गतेबाट डिल्लीराम शर्मा घर जानेको सूचीमा छन् ।
प्राप्त विवरण अनुसार, भदौं ३ गते बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र १३ असोजमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएको दुई दिन पछि गृह सचिव राजकुमार श्रेष्ठ र सरजुकुमार वैद्य,हाल राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ र कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र मंसिर २८ गते अनिवार्य अवकाशमा जानेको सूचीमा छन् । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत पुस २० गते अनिवार्य अवकाशमा जाँदैछन्। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ पुस ३० गते अनिवार्य अवकाशका जाने सूचीमा छन्। लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। यस्तै राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा भएका सचिव दिनानाथ मिश्र चैत २ मा अवकाशमा जानेछन् ।
बिज्ञापन
मुख्यसचिव नियुक्तिको दिनसम्म पुग्दा वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा हुनेछन् । दोस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेका हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, गोविन्दप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल लगायत रहेका छन् । यदी किरणराज शर्मा मुख्य सचिव नियुक्त भए भने उनी ०८४ कात्तिक अन्तिमसम्म पदमा रहनेछन् तर शर्मामाथि विदेशी पिआर भएको आरोप लागेको छ । उनीपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका हरिप्रसाद मैनाली, स्वास्थ्य मन्त्रालयका डिल्लीराम शर्मा, वन मन्त्रालयका गोविन्दप्रसाद शर्मा, गृह मन्त्रालयका राजकुमार श्रेष्ठ, पूर्वाधर विकास मन्त्रालयका गोपाल सिग्देल, राष्ट्रिय योजना आयोगका रविलाल पन्थ, उद्योग मन्त्रालयका कृष्णबहादुर राउत, लोकसेवा आयोगका रामेश्वर दंगाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मुकुन्दप्रसाद निरौला मुख्य प्रतिस्पर्धामा छन् ।
त्यसपछि जेष्ठताका आधारमा रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला मात्रै मुख्यसचिवको दौडमा बाँकी रहने सम्भावना देखिन्छ ।
मुख्यसचिवको प्रतिस्पर्धामा अहिलेका नौ सचिवपछि दोस्रो तहमा श्रम मन्त्रालयका सचिव दीपक काफ्ले, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा त्यसपछि सचिव बनेका घनश्याम उपाध्याय, दिनेश घिमिरे, राधिका अर्याल, विश्वबाबु पुडासैनी, चुडामणि पौडेल, केदारनाथ शर्मा, गोविन्दबहादुर कार्की, लक्ष्मीकुमारी बस्नेत, अमृतबहादुर राईलगायतका सचिवहरुलाई पनि भावी मुख्यसचिवको प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।
























