अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

अबदेखि नेपाल प्रहरीले पनि १५-१५ दिनमा नै तलब पाउने भएको छ ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयले एक सर्कुलर जारी गर्दै निजामती कर्मचारीहरुलाई झैं प्रहरीहरुलाई पनि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न भनेको छ । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/ ८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाई समेत आवश्यक वित्तीय प्रणालीहरू सोहीअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

बिज्ञापन

यस अघि गत वैशाखदेखि निजामती कर्मचारीहरुले १५ दिनको तलब प्राप्त गर्न थालेका छन् । हाल सङ्घीय निजामती कर्मचारीमा सीमित यो व्यवस्था क्रमशः सबै सरकारी वेतनधारीमा विस्तार गरिने योजना अनुसार अब प्रहरीहरुले पनि महिनामा दुई पटक तलब पाउने भएका हुन । गत वैशाख ४ गते अर्थमन्त्री डा वाग्लेले १५ दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेका थिए। सोही निर्णय अनुसार कर्मचारीहरुले मासिक रुपमा दुई पटक तलब पाउने गरेकोमा अब प्रहरी प्रधान कार्यालयले समेत प्रहरीहरुलाई महिनामा दुई पटक तलब भुक्तान गर्ने भएको हो ।

प्रहरी मुख्यालयले जारी गरेको पत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो। यसअनुसार कर्मचारीहरूले एकैपटक मासिक तलब पाउने सट्टा प्रत्येक १५ दिनको अन्तरालमा तलब प्राप्त गर्नेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष