घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

पूर्व कार्यवाहक महालेखापरीक्षक वामदेव शर्मा अधिकारी मृत भेटिएका छन् । काठमाडौंको घरबाट तीन दिनदेखि परिवारसँग सम्पर्कमा नरहेको उनको बिषयमा खोज खबर गरिँदा उनको शव नारायणी किनारमा गत जेठ ३० गते शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बेलुका खाना खान आउँदिन भन्दै काठमाडौंस्थित निवासबाट निस्केका उनी ३ दिनसम्म सम्पर्कविहीन रहेका थिए। परिवारले खोज्दा मुग्लिङसम्मको लोकेशन पत्ता लागेको थियो । प्रहरीले उनको शव गत शनिवार नारायणी नदी किनारामा भेटेको हो ।

बिज्ञापन

बाल्यकालमै लमजुङबाट चितवन झरेका ५९ वर्षे अधिकारीको लामो समय उपमहालेखापरीक्षक थिए । वर्तमान महालेखापरीक्षक तोयम राय नियुक्ति हुनु अगाडि उनी कावाको भूमिकामा थिए । अधिकारीले झण्डै तीन महिना कार्यबहाक चलाएका थिए । बर्ष दिन अगाडि अवकाशमा गएका अधिकारीको मृत्युलाई शंकास्पद मानिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष