नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार दुई प्रदेशका डीआईजी सहति चार डिआइजीहरुको हेरफेर गरेका हुन ।
बिज्ञापन
जस अनुसार, मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका हुन् । मधेस प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ भने त्यहाँबाट गोविन्द थपलियालाई उपत्याका ल्याइएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा सानुराम भट्टराईलाई पुर्याइएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी ओम रानालाई अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालय ल्याइएको छ ।






























