एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै

सरकारले एकै निर्णयमार्फत झण्डै ३० हजारभन्दा बढी कर्मचारीलाई घर पठाउने भएको छ । एकातिर संघीय मन्त्रालयको संख्या कटौती,अर्काेतिर प्रदेशमा समेत सोही अनुसार मन्त्रालयको संख्या कटौती हुँदा ठूलो संख्यामा कर्मचारीहरुलाई घर फर्काइने भएको हो ।

बिज्ञापन

अर्काेतिर संघीय निजामती सेवा ऐनमै केही प्रावधानहरु राखेर कर्मचारीहरुलाई तीन बर्ष अगावै घर फर्काइने गरी प्रावधानहरु तयार भएको सामान्य प्रशासन स्रोतले जनाएको छ । हाल कायम व्यवस्थाअनुसार सरकारी कर्मचारीले ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ । प्रस्तावित संघीय निजामती सेवा विधेयकमा उमेर हदलाई ऐन जारी भएको वर्ष ५८, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्ष कायम गर्दै क्रमशः लागू गर्ने प्रावधान राखिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि अर्थमा पठायो किनकि आर्थिक दायित्व पर्ने कुनै पनि विधेयकका निम्ति उसको सहमति अनिवार्य हुन्छ । अर्थको सहमतिपछि बल्ल विधेयकहरू कानुन मन्त्रालयमा जाने प्रक्रिया छ । सामान्यतः अर्थको राय समेटेर नै विधेयक अगाडि बढाउने गरिन्छ । तर, नयाँ सरकार आएसँगै पुरानालाई हटाउने नाममा यही प्रक्रियामाथि चलखेल भएको स्रोत बताउँछ । बताइएअनुसार सामान्य प्रशासन, अर्थ र कानुन मन्त्रालयमै रहेका तन्नेरी पुस्ताका केही उपसचिव र सहसचिवले भित्रभित्रै अवकाशसम्बन्धी व्यवस्था परिवर्तन गर्न खोजिरहेका छन्् । पछिल्ला दिन चर्चामा ल्याइएको ३० वर्षे सेवा अवधि र ५५ वर्ष उमेर हदको विशेष व्यवस्थालाई त्यसैको कडी मान्छन् सामान्य प्रशासनका कर्मचारीहरू । यो प्रयास सफल हुँदा करिब ३० देखि ३५ हजार कर्मचारी एकैचोटि अवकाशमा जाने अवस्था छ । हाल कायम रहेको ५८ बाट ५५ मा झार्दा तीन वर्षको तलब–भत्ता अग्रिम भुक्तानी गर्नुपर्छ भने पेन्सन÷उपदान, सञ्चित बिदावापत एकमुष्ठ दिनुपर्ने हुन्छ । यो रकम झण्डै एक खर्ब रूपैयाँ बराबर हुने अनुमान गरिएको छ ।

बिज्ञापन

अर्काेतिर सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षणको साझा राष्ट्रिय मापदण्ड लागू गर्दै अब आवश्यकता, कार्यबोझ र सेवा प्रवाहको वस्तुगत विश्लेषणबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने व्यवस्था गरेको छ। सरकारले हालै २१ मन्त्रालयलाई घटाएर १७ मा सीमित गरेसँगै प्रशासनिक पुनर्संरचनाको दोस्रो चरणस्वरूप ओ एण्ड एम सर्वेक्षणलाई तीव्रता दिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्मा नेतृत्वको कार्यदल बनेको छ । जसले असार पहिलो साताभित्र प्रतिवेदन तयार गर्ने बताइएको छ । कर्मचारी कटौतीका लागि प्रधानमन्त्री कार्यालय मातहत रहेका नेपाल ट्रष्ट, सार्वजनिक खरिद अनुगमन कार्यालय, सतर्कता केन्द्र लगायतमा रहेका सचिवहरूको दरबन्दी पुनरावलोकन हुँदैछ । अर्थ मन्त्रालयमा अर्थ र राजस्व हेर्नेगरी दुईजना सचिव छन् भने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रकको कार्यालयमा छुट्टै सचिवको दरबन्दी छ । स्वास्थ्यमा स्वास्थ्य र प्रशासन हेर्ने गरी सचिव व्यवस्थापन गरिएको थियो ।

यस्का अलवा सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दुई वर्ष अघि थपेका कर्मरचारीका करिब ११ हजार ४९५ दरबन्दी पुनरावलोकन हुँदैछ । संघमा दरबन्दी भन्दा बढी कर्मचारी राखिएको पाइएको छ । यसरी ओएण्डएम सर्भे,मन्त्रालयको संख्या कटौती र विद्येयकमा राखिने नयाँ व्यवस्थाका कारण झण्डै ३० देखि ३५ हजार कर्मचारीलाई घर पठाइने भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारले साढे ४ करोड अकुत सम्पत्तिमा डामेका उपसचिवलाई रसुवा भन्सारको जिम्मेवारी

लेखा अधिकृतबाट यौन हिंसामा परेको भन्दै सरकारी अधिकृत मिडियामा

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै

बीवाईडीको ‘कर चोरी’मा सघाएको खुलेसँगै विभाग तानिए रसुवाका प्रमुख भन्सार अधिकृतसहित चार कर्मचारी

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

बढुवा,नियुक्तिदेखि म्याद थपसम्म यस्ता छन् क्याविनेटका महत्वपूर्ण निर्णय

उपसचिवलाई चार पाँग्रे चढ्न ‘लुपहोल’ : अनुगमनको नाममा व्यापक दुरुपयोग

‘क्लिन चिट’ पाएर गृहमै फर्किदैछन् सुदन ? कुर्नुपर्नेछ अरु पाँच दिन

बिशेष