कोरोला नाकाबाट भित्रियो १ लाख २० हजार ‘भेप’ : रविन्द्र दर्नाल सहित तीन जना पक्राउ

मुस्ताङस्थित कोरोला नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको ‘भेप’ सहित दुईवटा गाडी नियन्त्रणमा परेपछि भन्सार र सुरक्षा निकायले संगठित तस्करी सञ्जालमाथि अनुसन्धान तीव्र बनाएका छन्। प्रारम्भिक अनुसन्धानमा घटनामा पक्राउ परेकाहरू केवल ‘क्यारियर’ मात्रै हुनसक्ने र यसको पछाडि प्रभावशाली गिरोह सक्रिय रहेको आशंका गरिएको छ।

बिज्ञापन

भन्सार स्रोतका अनुसार हिजो राति करिब १२ बजेतिर विशेष सूचनाका आधारमा कोरोला नाकाबाट नेपालतर्फ आउँदै गरेका ना ६ ख ४८४३ र ना ५ ख ७९२१ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिइएको हो। उक्त अपरेशन कोरोला भन्सार प्रमुखकै सक्रिय समन्वयमा सञ्चालन गरिएको बताइएको छ।

बिज्ञापन

गाडी नियन्त्रणमा लिएपछि गरिएको प्रारम्भिक खानतलासीमा ठूलो परिमाणमा ‘भेप’ तथा अन्य रेडिमेड सामान फेला परेपछि घटनाले थप गम्भीर मोड लिएको हो। त्यसपछि बरामदी मुचुल्का, कानुनी प्रक्रिया तथा विस्तृत परीक्षण पूरा गर्दा करिब १ लाख २० हजार पिस भेप बरामद भएको भन्सार प्रमुखले बताएका छन् । यति ठूलो परिमाणमा बरामद भएको भेप नेपालमा हालसम्मकै ठूलो खेपमध्ये एक हुनसक्ने अनुमान गरिएको छ।

घटनामा संलग्न रहेको आरोपमा दुई ड्राइभरहरू सन्तोष लामा, फुन्जु दोर्जे तथा अर्का व्यक्ति  रविन्द्र दर्नाल पक्राउ परेका छन्। पक्राउ परेका मध्ये रविन्द्र दर्नाललाई भने गाडी नियन्त्रणपछि ट्र्याकिङ गर्दै मुस्ताङको लेतेबाट पक्राउ गरिएको जिल्ला प्रहरी मुस्ताङले जनाएको छ।  अनुसन्धान अधिकारीहरूका अनुसार उनी भाग्ने प्रयासमा रहेको आशंका गरिएको थियो।

बिज्ञापन

स्रोतका अनुसार प्रारम्भिक बयानमा पक्राउ परेकाहरूले सामान ढुवानी मात्रै गरेको संकेत दिएका छन्। उनीहरूलाई प्रयोग गरेर वास्तविक कारोबारीहरूले सीमावर्ती नाकामार्फत अवैध सामान भित्र्याउने गरेको आशंका अनुसन्धानकर्ताहरूले गरेका छन्। “यो केवल सामान्य तस्करी होइन, संगठित नेटवर्क देखिन्छ,” अनुसन्धानमा संलग्न एक अधिकारीले बताए, “यति ठूलो परिमाणको भेप बिना आर्थिक, राजनीतिक वा प्रशासनिक संरक्षण सम्भव देखिँदैन।”

पछिल्लो समय नेपालमा भेपको प्रयोग बढ्दै गएसँगै अवैध आयात पनि तीव्र रूपमा बढेको सुरक्षा निकायको निष्कर्ष छ। विशेषगरी चीन सीमावर्ती क्षेत्र हुँदै कर छलि गरेर भेप भित्र्याइने र त्यसलाई काठमाडौंसहित मुख्य सहरमा वितरण गरिने गरेको आशंका छ।

भन्सार कार्यालयले बरामद गरिएका सामानको वास्तविक मूल्यांकन, कर छलीको परिमाण तथा संलग्न मुख्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धान अब गाडी मालिक, आर्थिक लगानीकर्ता, भन्सार पहुँच प्रयोग गर्ने व्यक्ति र वितरण सञ्जालतर्फ केन्द्रित हुने स्रोतले बताएको छ।

घटनाले कोरोला नाकाबाट हुने अवैध कारोबार र सीमावर्ती निगरानीमाथि फेरि प्रश्न उठाएको छ। केही समययता उक्त नाका प्रयोग गरेर इलेक्ट्रोनिक सामग्री, रेडिमेड कपडा र उच्च कर लाग्ने वस्तु भित्रिने क्रम बढेको सुरक्षा स्रोतको भनाइ छ।

कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कोरोला नाकाबाट भित्रियो १ लाख २० हजार ‘भेप’ : रविन्द्र दर्नाल सहित तीन जना पक्राउ

निजामती विद्येयकमा पठाइएका सुझाव गायब,बिषयबस्तु सम्बोधनै नगरी पठाइयो अर्थमा

सार्वजनिक निकायमा पदपूर्ति : योग्य कार्यकर्ता कि खुला प्रतिस्पर्धा ?

समायोजन भएका कर्मचारीहरुले प्रदेशकै कानुन मान्नुपर्ने

कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका

भोलि हुँदै कलाकार संघको चुनाव : यस्ता छन् उत्तम केसी समुहको प्रतिबद्धताहरू

विपद्को मुखमा जिल्लाहरू सिडिओविहीन: गृह सचिव श्रेष्ठको कार्यक्षमतामाथि प्रश्न

उपराष्ट्रपति,राष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन नहुने

बिशेष