सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘ईबिडिङ’ प्रणालीमा अनधिकृत पहुँच बनाई सरकारी ठेक्का हात पारेको घटना अहिले प्रहरी अनुसन्धानका क्रममा छ । सो अभियोगमा केही निर्माण व्यवसायी प्रहरी हिरासतमा छन् । अनलाइन बोलपत्र प्रणालीमा अनधिकृत पहुँच ह्याकिङ पुर्‍याएर सरकारी ठेक्का हत्याउने धन्दाका मुख्य योजनाकार एक जना नासु तहका कर्मचारी रहेको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

यो प्रकरणमा शहरी विकास मन्त्रालय मातहतकै एक नासु तहका कर्मचारी मुख्य योजनाकार रहेको सिआइबीका अनुसन्धान अधिकारीहरुको भनाइ रहेको छ । विगतमा समेत यस्तै बदमासीमा मुछिएर उन्मुक्ति पाएका नासु तहका एक कर्मचारीले नै  अर्बौंका ठेक्का हत्याउन सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन प्रणाली ह्याक गराउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको रहेको कार्यालय हो,सो कार्यालयको वेबसाइट ह्याक गरी अरू प्रतिस्पर्धीको दररेट (कबोल रकम) हेर्ने र अन्तिम समयमा त्योभन्दा थोरै मात्र कम रकम प्रस्ताव गरेर ठेक्का हत्याउने मुख्य गिरोहका रुपमा नासु तहका कर्मचारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

बिज्ञापन

मुख्य योजनाकार सरकारी नासुले नक्कली सफ्टवेयर बनाएर विवरण हेरफेर गर्दै मिलेमतोका ठेकेदारलाई ठेक्का पारिदिने सुनिश्चित गर्ने गरेको खुलेको हो । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विक्रम पाण्डेसहित १३ जना लाई पक्राउ गरी अनुसन्धान गर्दा यी तथ्यहरू भेटिएका हुन् । सिआइबीका एक उच्च अधिकारीका अनुसार अनुसन्धानको क्रममा विगत तीन वर्षदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणालीमा ह्याकिङ गरी विवरण हेरफेर गर्दै ठेक्का हत्याउँदै आएको र करिब तीन सय ठेक्का हत्याएको पुष्टि भइसकेको छ । यसरी अनलाइन बोलपत्र प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का हत्याउने धन्दाका योजनाकार सरकारी कर्मचारी नै भएको खुलेको छ । ३३ वर्षीय दिवाकर देउजाले नै यसरी ठेकेदार र ह्याकरबिच समन्वय गराएर ठेक्का ह्याकिङ गराउँदै आएका थिए । धनकुटाको पाख्रिबास गाउँपालिका– ५ स्थायी घर भएका कर्मचारी रहेको खुलेको छ उनी सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका कर्मचारी भएको सिआइबीले जनाएको छ ।

उनी यस्तै अपराधमा दोस्रोपटक पक्राउ परेका हुन् । ०७७ सालको असारमा सिआइबीले नै उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले नेपाल टेलिकमको सर्भर ह्याक गरी ‘टपअप’ प्रणालीमार्फत ठुलो रकम हिनामिना गरेका थिए । त्यस अपराधमा अदालतबाट छुटेका उनी फेरि यस्तै धन्दामा लागेका हुन् । पक्राउ परेका केही निर्माण व्यवयासीले क्रिप्टोमार्फत ह्याकरलाई भुक्तानी गरेको पुष्टि भएपछि सिआइबीले क्रिप्टोसम्बन्धी कसुरमा पनि अनुसन्धान थालेको छ । विदेशमा पैसा पठाउन हुन्डीभन्दा क्रिप्टो सुरक्षित भएपछि उनीहरूले यस्तो शैली अपनाउने गरेका थिए । केही निर्माण व्यवसायीले क्रिप्टोको कारोबारसमेत गर्दै आएको अनुसन्धानमा खुलेको छ ।
प्रहरी स्रोतका अनुसार अहिलेको अनुसन्धान हेर्दा लहरो तान्दा पहरो थर्किने देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

बिशेष