उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सरकारले निजामती सेवा दिवसको अवसरमा सर्वोत्कृष्ट,उत्कृष्ट भन्दै पुरस्कृत गरिएका कर्मचारीहरु नै भ्रष्टाचारमा मुछिने सिलसिला जारी छ ।

बिज्ञापन

यही बीचमा निजामती सेवाका सत्र्काेत्कृष्ट निजामती पुरस्कार थापेका कर्मचारी उपर भ्रष्टाचार मुद्धा दायर भएको छ । २ लाख राशीसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हात पार्न सफल भाइकाजी तिवारीविरुद्ध अख्तियार लागेको हो । सरकारले हरेक २२ भदौमा निजामती सेवा दिवस मनाउँदै आएको छ । त्यस यता २०६८मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । गौतम आफ्नै पत्नीको कापी जाँचेर नम्बर दिएकोमा आलोचित र विवादित बनेका प्रशासक हुन । २ लाख राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार थापेका उनी श्रीमती इन्दिरा ढकालको कपी आफैंले जाँचेर उत्तीर्ण गराएपछि निजामती वृत्तमा बदनामी कमाएका कर्मचारी हुन ।सो घटना पछि सर्वोत्कृष्ट निजामती पुरस्कार समेत दिन छाडिएको छ । यही पुरस्कार थापेका भाइकाजी तिवारीविरुद्ध अवकाशको लामो समय पछि भ्रष्टाचार मुद्धा लागेको छ । ​​​​​​​ इन्जिनियरिङ अध्ययन संस्थानबाट इन्जिनियरिङ अध्ययन गरेका उनले मस्को र जर्मनीमा समेत अध्ययन गरेका थिए । बाग्मती कोरिडोर निर्माणमा उनले नेतृत्वदायी भूमिका निभाएका थिए । उनै भाइकाजीविरुद्ध अकुत आर्जनको मुद्धा दायर भएको हो । सरकारी जागिर अवधिमा उनले २५ करोड ६ लाख ४७ हजार २ सय २७रुपैयाँ ६४ पैसा कमाइ गरेको तर १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ २५ पैसाको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

यस्तै, ०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी थापेकी लेखा महत्त पनेरु साता नबित्दै घुस सहित पक्राउ परिन । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत रहँदा डेढ लाख घुस रकम सहित पक्राउ परेकी थिइन । अख्तियारबाट खटिएका कर्मचारीले अधिकृत पनेरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो । लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनायो । पनेरुलाई सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो अख्तियारले । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोग लागेको छ । उनी वैशाख १ गतेमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन । पुरस्कार थापेको दुई साता पछि नै घुससहित पक्राउ परेकी पनेरुलाई विशेष अदालतले २१ महिनापछि घुस प्रकरणमा दोषी ठहर गर्दै ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना सुनाएको थियो ।

यस्का अलवा निजी क्षेत्रबाट इन्टिग्रिटी आइडल घोषित भएका एक उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको धेरै भएको छैन । सामाजिक र पेसागत क्षेत्रमा उत्कृष्ट योगदान गरेकालाई यो संस्थालो इन्टिग्रिटी आइडल घोषित गर्छ । खासगरी सार्वजनिक प्रशासनमा सक्षम, इमानदार, पारदर्शिता र जवाफदेही कर्मचारीलाई छानेर यो आइडल दिइन्छ । तर, इन्टिग्रिटी आइडल घोषित भएको कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको हो । भ्रष्टाचार मुद्धा लागेका उपसचिव पहिलो इन्टिग्रिटी आइडल हुन्। अकाउन्टिबिलिटी ल्याब नामक संस्थाले २०१४ मा इन्टिग्रिटी आइडल घोषित गरेका एक उपसचिव ज्ञानमणि नेपालविरुद्ध भ्रष्टाचार मुद्धा चलेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माको ४ कोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा जिशिअ नेपाललगायतमाथि सात जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले तत्कालीन जिशिअ नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सबइन्जिनियर शिवराज राई, श्री कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई, अर्का अध्यक्ष टिकाराम राई, विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जय प्रसाद राईविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यता यस्तै इन्ट्रीग्रिटी आइडल उपाधि पाएका काजीमान राइ आफ्नै कार्यकक्षमा लेखा अधिकृतसँग यौनजन्य हर्कत गरेर विवादमा परेसँगै उक्त उपाधि खोसिएको धेरै भएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

बिशेष