सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

लोभले लाभ,लाभले विलाप भनेझै स्थिति आइलागेको छ गणेश महतोको लागि । केही महिना अगाडिमात्र लोकसेवाले लिएको सब इन्जिनियरको परीक्षामा उत्रिएर वैकल्पिकमा परेका उनै महतो नै सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको मुख्य योजनाकार रहेको तथ्य प्रहरीहरुले सार्वजनिक गरेका छन् ।  प्रहरीले लोकसेवा आयोगको परीक्षामा वैकल्पिक उम्मेदवार रहेका व्यक्तिले नै स्थायी जागिर पाउने लोभमा मुख्य यादवको योजनाबद्ध हत्या गरेको अनुसन्धानमा संग्लग्न प्रहरीहरुले जनाएका छन् ।

बिज्ञापन

सब–इन्जिनियर प्रमोद कुमार यादव सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भई मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि मिति २०८२ फागुन ३ गते राति करिब ७ ५५ बजे गोली प्रहार भएको थियो ।सोही प्रकरणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले हत्याका मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई हाल सर्लाहीको बरहथवा–९ शान्तिटोल बस्ने ३४ वर्षीय गणेश कुमार महतो, उनका साला नाता पर्ने २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र आफ्नै भाइ २२ वर्षीय विजय कुमार महतो रहेका छन् ।

बिज्ञापन

प्रहरीका अनुसार मृतक प्रमोद कुमार यादव र मुख्य अभियुक्त गणेश महतो मधेश प्रदेश लोकसेवा आयोगको सब–इन्जिनियर पदका प्रतिस्पर्धी थिए । यादव मुख्य सूचीमा सिफारिस भई नियुक्ति पाएर जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए भने महतो वैकल्पिकतर्फ एक नम्बरमा थिए । लोकसेवाको नियमअनुसार मुख्य सिफारिसमा परेका व्यक्तिको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भएमा वैकल्पिक उम्मेदवारले स्थायी नियुक्ति पाउने व्यवस्था छ ।

सोही प्रावधानको फाइदा उठाउँदै यादवको हत्या गरे आफूले जागिर पाउने आशयले महतोले हत्याको योजना बुनेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

बिज्ञापन

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । ज्यान मार्ने नियतले गरिएको यस्तो पूर्वनियोजित आपराधिक षड्यन्त्रमा जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं

रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

बिशेष