मालपानीको नागरिकता शंकास्पद,छानबिन अगाडि बढाउँदा सिडियोकै सरुवा

मौकामा चौका हान्न माहिर नेपालका व्यापारीहरू आफ्नो कमजोरी लुकाउन कतिसम्म बदमासी गर्दछन् भन्ने एउटा सानो उदाहरणमात्र हुन कमल किशोर मालपानी । कर्मचारी प्रशासनलाई भकुण्डो बनाएर आफू अनुकुलका कर्मचारी ठाउँ ठाउँमा लैजाने र प्रतिकुलका कर्मचारी सरुवा गराउँदै आएका छन्,व्यापारीहरु ।

बिज्ञापन

मालपानी राजश्व छली, सुपारी तस्करीदेखि नागरिकता प्रकरणमा समेत विवादित व्यवसायी हुन् । करेण्ट गुट्खा उत्पादन गर्ने श्रीराम टोबाको र करेण्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका मालिक मालपानी नक्कली भ्याट बिल, अन्तःशुल्क छली र दोहोरो नागरिकताका गम्भीर आरोप छन् । जिल्ला अदालतदेखि सर्वोच्चसम्म गरी दुई दर्जन मुद्दा छन् ।

बिज्ञापन

भारतीय नागरिक बालकृष्ण मालपानीका छोरा कमलकिशोरले ०१९ सालमा सप्तरीमा जन्मिएको देखाएर ३५ बर्षपछि ०५४ सालमा वंशजको आधारमा नागरिकता निकालेका थिए । एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि देखाएर ०७१ सालमा रूपन्देही जिल्ला प्रशासनबाट ३७–०२–७१–१३६५८ नागरिकता निकाल्नुले स्वाभाविकै रुपमा शंका जन्माउँछ ।

०१९ सालमा सप्तरीमा जन्मिएको भनिएका कमल किशोर मालपानीले २०५४ सालमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको नागरिकताको प्रतिलिपी वि.सं २०७१ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट लिएको भेटिएको छ । जबकी सरकारी कर्मचारीले बाहेक एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपी अर्को जिल्लाबाट लिने अधिकार सामान्य नागरिकलाई छैन। मालपानीले सप्तरी प्रशासनबाट निकालेको नागरिकता पछि कसरी रुपन्देहीबाट निकाले शंकाको बिषय बन्न पुगेको छ ।

बिज्ञापन

मालपानीका नाममा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको भनिएको नागरिकता प्रकरण २०७८ सालमा राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागमा पुगेको विभिन्न घटनाक्रमले देखाउँछ । राजश्वमा रामप्रसाद आचार्य र सम्पत्ति शुद्धीकरणमा प्रेमप्रसाद भट्टराई महानिर्देशक रहेको बेला उक्त विषयमा छानबिन प्रक्रिया अघि बढाइएको थियो । सो समयमा तत्कालीन  सिडियो नै सरुवा गराएर विषयलाई अन्यत्र मोडिएकोसमेत पाइन्छ ।राजेन्द्र महतोको नागरिकता विवादमा परेपछि यसअघि सर्लाही जिल्ला प्रशासन कार्यालयमा आगो झोसेर ढड्डा नै डढाइएको थियो । मालपानीको नागरिकता विवाद मिलाउन विचौलियाले सिडिओ नै सरुवा गराइदिएको पाइएको छ

उसो त उनै कमल मालपानीको स्वार्थअनुसार, वाणिज्य विभागमा अहिले रोशन ज्ञवालीलाई महानिर्देशक बनाएर लगिएको छ । यसअघि कमल मालपानीको फर्ममा छापा मारेर तहल्का मच्चाएका सहसचिव कुमार दाहाललाई मिल्काएर राजेश्वर ज्ञवालीको जोडबलमा त्यहाँ आफ्ना भतिज रोशनलाई खटाइएको हो । कुमार दाहालले २ बैशाख, २०८२ मा श्रीराम टोबाको कम्पनीको उत्पादन बिक्री गर्ने मुख्य डिलर ललितपुरको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिमा छापा हानी उक्त कम्पनीका उत्पादनहरूमा तौल कम देखिएकाले सिलबन्दी गरेका थिए । सिलबन्दीपश्चात विभागले बोलाउँदा हाजिर नभएका श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतलाई ३ दिनभित्र उपस्थित हुन पत्राचार प्रक्रिया अगाडि बढाइरहँदा अवकाशको मुखमा समावेशी आयोगमा लगेर थन्काइएको थियो । निजामती सेवा नियमावलीमा एक बर्षभन्दा कम जागिर अवधि नभएका कर्मचारीलाई कार्यरत कार्यालयबाट सरुवा गर्न पाइँदैन । यो नियम दाहालको हकमा लागू हुन सकेन । सोभन्दा अगाडि राजस्व अनुसन्धान विभागले २ अर्ब बढी करछली प्रकरणमा श्रीराम टोबाको कम्पनीलाई कारबाही गर्न अनुसन्धान अगाडि बढाएको थियो । त्यहाँ पनि कर्मचारीलाई मिलाइएको बताइएको छ ।

यो पनि पढ्नुहोस्।

मालपानीको ‘माल’ खाएर यस्तो कमाल

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

छानीछानी मुद्दा मिलाउँदै मालपानी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपानीको नागरिकता शंकास्पद,छानबिन अगाडि बढाउँदा सिडियोकै सरुवा

दरबन्दी मिलानप्रति सचिवले देखाएनन् रुची

प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

बिशेष