मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

व्यापारीकै इच्छा अनुसार कर्मचारी कसरी ठाउँ ठाउँमा फिट गराइन्छ र स्वार्थ अनुकुल काम तमाम पारिन्छ,भन्ने पछिल्लो उदारहण हुन कमल मालपानी ।

बिज्ञापन

नागरिकतादेखि राजश्व छलीका दर्जनौं मुद्धा खेपिरहेका रूपन्देहीका नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानीको ‘माल’खाएर बदनाम कर्मचारीहरुले गर्न मिल्ने नमिल्ने काम गरिरहेको भन्दै उजुरी अख्तियारसम्म पुगेपछि अख्तियारले यो प्रकरणमा यस्ता कर्मचारीहरुको नेक्सस खोज्न थालेको छ ।

बिज्ञापन

उसो त उनै मालपानीका सल्लाहकार छन्,पूर्व नासु रघुनाथ घिमिरे । घिमिरे तिनै पात्र हुन, जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराती मन्त्रालयमा छिरेर बजेटमा करका दर हेरफेर गरेका थिए । यही व्यापारिक समूहकै जोडबलमा सो जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि राजश्वका प्रमुख मात्र होइन कि वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशकसम्म भकुण्डो बन्ने गर्दछन् । त्यसका उदाहरण सहसचिव कुमार दाहाल हुन । कुमार दाहालले मालपानीको कम्पनीमा छापा मारेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएसँगै अवकाशको मुखमा रहेका सहसचिवको सरुवा गरेर त्यहाँ राजेश्वर ज्ञवालीका भतिज रोशन ज्ञवालीलाई लगिएको छ ।

अहिले उनै मालपानी केही समयदेखि चर्चामा छन् । काठमाडौंका मेयरको कार्यकाल बाँकी छँदै झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका बालेन साहलाई झण्डै ८ करोड रुपैयाँको गाडीमा सवार भएर देश दौडाहामा रहेसँगै सोही सवारीको खोजीनीति हुँदा करेन्ट चाउचाउका मालिक कमल मालपानीले सो गाडी बालेनलाई चढ्न दिएको खुलेको हो । बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्याण्ड रोभर डिफेण्डर गाडी मालपानीले केही महिनाअघि मात्र भन्सार छुटसहित दुईटा गाडी खरिद गरेकोमा एउटा बालेनलाई दिएको खुलेको छ । उक्त गाडी खरिद गर्दा ७६ लाख ५० हजार ७ सय २० रुपियाँ राजस्व छली गरिएको पुष्टि भएको छ ।

बिज्ञापन

यातायात व्यवस्था विभागको विवरणमा सो गाडी मालपानीका छोरा नितेश सञ्चालक रहेको त्रिमूर्ति इन्डष्ट्रिज प्रालिको नाममा रहेको र नविल बैंक लिमिटेडमा राखिएको उक्त गाडीको ऋणीमा पनि त्रिमूर्ति इन्डष्ट्रिज प्रालि उल्लेख छ । काइरोस इन्टरनेशनलले नेपाल भित्र्याएको सो गाडी शत प्रतिशत भन्दा बढी राजश्व छली गरेर भित्र्याएको बिषयमा अख्तियारले छानबिन शुरु गरेको छ । भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरुसँग सेटिङ गरी धेरै सवारीसाधनहरु कम राजश्व तिरेर भित्र्याइरहेको बिषयमा अख्तियारमा उजुरी परेसँगै अहिले यो बिषयमा छानबिन गरिरहेको छ ।

काठमाडौंको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोसले पछिल्लो पाँच ६ महिनाको अवधिमा ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका एक दर्जन सवारी साधन उपर भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाई चेकजाँच गर्दा ६ वटा सवारी साधनहरूमा भन्सार छली गरेको पाइएको हो । उक्त गाडी भन्सारमा आइपुग्दासमेत भन्सारका कर्मचारीहरूले कुनै किसिमको प्राविधिक वा कागजी चेकजाँच नै नगरी कम्पनीका प्रनिनिधिहरूसँग ठूलो साँठगाँठ गरी १०१ प्रतिशत भन्सार महसुल कम गरी गाडी भित्र्याउन छुट दिएको स्रोतले जानकारी दिएको छ । यो प्रकरणमा भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरु समेत अख्तियारमा राडारमा तानिने भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६२ उपसचिवको सरुवा ४८ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष