प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

जेनजी आन्दोलनको चार महिनामै हजारौं प्रहरीले जागिर छोडेका छन् । गत भदौं २३ २४ को जेनजी विद्रोह यतामात्र ९२६ जनाले राजीनामा दिएको प्रहरीको तथ्यांक छ । यसरी जागिर छोड्नेको संख्या पछिल्लो पाँच बर्षमा मात्र पाँच हजार बढी रहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म चार हजार ९९९ जनाले राजीनामा दिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।

बिज्ञापन

 गएको वर्ष दुई हजार ३७३ जनाले राजीनामा दिए । त्यसपछि आव २०८०–०८१ मा सात सय ९१, २०७९–०८० मा ६ सय ३३, २०७८–०७९ मा चार सय ९९ र २०७७–०७८ मा सात सय तीनले जागिर छोडेको तथ्यांक छ ।नेपाल प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा पाँच हजार बढीले जागिर छोडेका छन् । तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरैले जागिर छोडेका थिए । यसरी पछिल्लो पाँच बर्षको आँकडा हेर्दा पाँच हजारले जागिर छाडेका छन् ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को पछिल्लो ६ महिनामा नौ सय बढीले जागिर छोडेका छन् । गत साउनदेखि पुस २४ गतेसम्म ९२६ जनाले राजीनामा दिएको तथ्यांक छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् राजीनामा दिने प्रहरी बढेका हुन् । साउनदेखि भदौ २४ गतेसम्म आठ जना मात्र जागिर छोडेकोमा जेनजी आन्दोलनपछि ह्वात्तै बढेको हो । आन्दोलनको पछिल्लो चार महिनामै नौ सय प्रहरीले जागिर छोडेका छन् ।

भदौ २४ गतेदेखि गत पुस २४ गतेसम्म नौ सय १८ जनाले राजीनामा दिएको देखिन्छ । सामान्य नागरिकलाई प्रहरी बनाउन राज्यले ठूलो लगानी र समय खर्चिएको हुन्छ । नौ महिनादेखि डेढ वर्षसम्मको तालिमपछि सेवामा खटाइन्छ । एक जना प्रहरीको तालिम र वृत्ति विकासमा राज्यको तीन लाखदेखि दश लाख रूपैयाँसम्म खर्च हुन्छ । यसरी उत्पादित जनशक्तिले बीचमै जागिर छाड्दा राज्यको लगानी ‘बालुवामा पानी’ सरह भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

विदेश जाने ठाउँमा कति ब्ल्याकलिष्ट ?

नेतालाई चन्दा,सर्वसाधरणलाई महंगी,नियामक निकाय ‘निन्द्रा’मै

सम्पत्ति विवरण नबुझाउनेलाई पेन्सन रोक्का, कितावखानाको कडा प्रहार

यी हुन सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका ११ उमेद्धार

सहसचिवको लिखित नतिजा प्रकाशित

सरकारी साक्षी नै घुसकाण्डमा फसेः मोही जग्गा दर्ता प्रकरणमा भक्तपुर मालपोतसँग मिलेमतो

६६ निजामतीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर,स्वास्थ्य सेवाबाटै मनोनयन हुनेछन् सबैभन्दा धेरै

बिशेष