कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

के महिला प्रशासकहरुको हकमा छुट्टै ऐन,कानुन वा कार्यविधि हुन्छ ? होइन भने गृह मन्त्रालय आफैंले बनाएको कार्यविधि,मापदण्डलाई कुल्चिएर निर्वाचनको मुखमा कानुनको बिषयमा कुनै जानकारी नभएको,कुनै तालिम नलिएकी एक उपसचिवलाई देशको सबैभन्दा ठूलो जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको भेटिएको छ ।

बिज्ञापन

यसरी खटाउँदा गृहले आफैंले बनाएको कार्यविधि उल्लंघन गरेको भेटिएको हो । गृहले हमाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउनुलाई बाध्यता भनेर प्रष्टाएको छ ।  कतै आकर्षक कार्यालयमा सरुवा हुन,सरुवा बदर गर्न,आकर्षक कार्यालयमा टिकिराख्न प्रशासकहरुले जेनजीको साहरा लिन थालेका छन् । यस्तै एक जेनजी अभियन्ताको साहारा लिएर हमाल कार्यविधि विपरित डोल्पाको प्रमुख जिल्ला अधिकारी बनेर गएकी छिन्,त्यो पनि निर्वाचनको सम्मुखमा । पछिल्लो समय कर्मचारी सरुवामा जेनजी हावी हुन थालेका छन् ।  हमाललाई हालैमात्र गृह मन्त्रालयले डोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ । जुम्ला निवासी जुनु हमाल ढकाललाई जेनजीहरुको दबाबमा डोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको हो ।

बिज्ञापन

तर गृहले यसरी प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा कार्यविधि र मापदण्डलाई धज्जी उडाइएको छ । प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था कानुनमा गरिएको भए पनि जुनाको हकमा यी दुबै छैनन् ।

जिल्ला हाँक्नका लागि प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाका अलावा कानूनी प्रक्रियाहरू पनि जान्नु पर्ने भएकाले कानूनमा स्नातक गरेको वा कानूनसम्बन्धी तीन महिना तालिम गरेको हुनुपर्ने व्यवस्था गरेको छ,कार्यविधिले । यस्का अलवा कुनै पनि उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटन पटन गर्दा कम्तिमा एक बर्ष गृहमा बसेको कर्मचारीलाई मात्र सिडियोको रुपमा खटन पटन गर्ने कार्यविधिमा स्पष्ट रुपमा उल्लेख भए पनि यो कार्यविधिको समेत धज्जी उडाउँदै गृहले हमाललाई डोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो ।

बिज्ञापन

हमालले ०५७ सालमा एसएलसी प्रथम तहमा उत्र्तीण गरेकी हुन भने उच्च माध्यमिक शिक्षा परिषद्बाट दश जोड दुई उत्र्तीण गरेकी छिन्,६० सालमा विज्ञान संकायमा । यस्तै,पोखरा विश्वविद्यालयबाट ०६५ सालमा विज्ञान संकायमा स्नातक उत्र्तीण गरेकी हमाल ०६९ सालदेखि निजामती सेवामा पाइला राखेकी हुन,शाखा अधिकृतबाट । जागिरे जीवनमा सञ्चार मन्त्रालय,जिल्ला हुलाक कार्यालय डडेलधुरा,शिक्षा मन्त्रालय,क्षेत्रिय शिक्षा निर्देशनालय,सुर्खेत,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै ७६ सालमा गृहमा प्रवेश गरेकी हमाल त्यस पछि अध्यामगन विभाग,अध्यागमन कार्यालय त्रिविवि,जिल्ला प्रशासन कार्यालय काठमाडौं,गृह मन्त्रालय हुँदै ८१ साउनमा उपसचिव पदमा नाम निकाल्न सफल भएकी हुन । एक दिन पनि गृहमा नटेकी सिधै उद्योगबाट डोल्पाजिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न पुगेकी हुन ।

गृह मन्त्रालय स्रोतका अनुसार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा मन्त्रालय, विभाग बा अन्तर्गतका कार्यालयमा सामान्यतया एक वर्ष काम गरेको अधिकृतलाई प्राथमिकता दिने र ’ग’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएको अधिकृतलाई ‘ख’ वा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारीमा प्राथमिकता दिई प्राथमिकताका साथ खटाउने व्यवस्था पनि कार्यविधिमा छ ।

यस्का अलवा प्रमुख जिल्ला अधिकारी हुनका लागि कम्तिमा कानुनमा स्नातक तह उत्तीर्ण भएको वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
तर गृह मन्त्रालयका अधिकारीहरुलाई वन मन्त्रालयमा रहेका एक जेनजी अगुवाको ठाडो दवावमा हमाललाई सिधै डोल्पा जिल्लामा पदस्थापन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

मालपोतबाट निकालिएका दुई हाकिमको मुद्धामा आज सुनुवाइ हुँदै

जेनजीको राजमा समेत रोकिएन विकृती : पाँच महिनामै चार सचिव ‘भकुण्डो’

मन्त्रिपरिषद्को बैठक बस्दै,सचिव सरुवाको निर्णय हुने

राजस्वले बदल्दै अनुसन्धानको शैली : गलत गर्नेविरुद्ध निर्मम, सही कारोबार गर्नेले पाउनेछैनन् अब दुःख

बिशेष