राजावादी प्रदर्शनमा आउन भन्दै ५० लाख एसएमएस पठाएर आतंकित पार्ने निर्देश सेढाईं पक्राउ परेका छन् । एकै दिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने ३४ वर्षीय निर्देश सेढाईंलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो ।
बिज्ञापन
सेढाईँले नेपाल टेलिकमको गेटवेमार्फत् पुष ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन आग्रह गर्दै ५० लाख एसएमएस पठाएका थिए । एटी अलर्ट र एसआई अलर्टमार्फत लाखौँ नेपालीलाई ३० पुसको राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै पठाइएको एसएमएसमा प्रदेश संरचना हटाएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउने अभियानको नाम दिइएको थियो ।
यसरी पठाइएको एसएमएसमा लेखिएको थियो,‘नेपालका सबै समस्याहरूको सँधैका लागी मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचनासहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु’ भन्ने व्यहोराको मेसेज पठाएका उनले सो दिन बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय घेराउ गर्ने योजना बनाएको खुलेको छ ।
‘एट अलर्ट’ भन्दै आएको उक्त मेसेज देखेपछि कतिपय एनटिसी प्रयोगकर्ताले प्रहरीलाई खबर गरेका थिए । वेदव्यास इन्टरप्राइचेज नामक कम्पनी सञ्चालन गर्दै आएका सेढाईले सोही कम्पनीको नामबाट उनले विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका थिए । र, एकै दिन लाखौं एसएमएस पठाएका थिए ।
बिज्ञापन
प्रविधिका जानकारहरुले यसरी लिइएको डाटा गृह मन्त्रालय र वित्तीय बैंकहरुसँग मात्रै हुन्छ । सेढाईँले कसरी उक्त डाटा प्राप्त गरे भन्नेबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीउपर वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, विज्ञापन ऐन र दूरसञ्चार ऐनको उल्लङ्घनमा कारवाही चल्न सक्ने जनाइएको छ ।


























