‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरूवा बदरको माग बोकेर २ उपसचिव र एक नासु प्रशासकीय अदालतमा पुगेका छन्। हालैमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवद्वय अशोक कुमार भट्टराई र माधव घिमिरेलाई मालपोत कार्यालयबाट सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याएको थियो ।

बिज्ञापन

कानुनका ज्ञाता प्राडा कुमार इङनाम जेनजी आन्दोलनपछि बनेको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । उनी त्यहाँ पुगेको महिला दिन नपुग्दै भ्रष्टाचारीहरुको ‘सेटिङ’ भत्काउन अभियान थालेका छन् । मालपोत कार्यालय चाबहिलमा शाखाहरुबाटै मासिक २४ लाख उठाइने गरेको समाचार सार्वजनिक भएसँगै उनले चाबहिल मालपोतको प्रमुख परिवर्तन गरेका थिए । समाचार आएको दुई घण्टापछि नै ती उपसचिवलाई मन्त्रालयमा हाजिर गराइएको थियो । पाटनको पनि त्यस्तै रहेको गुनासो मन्त्री समक्ष आएसँगै उनले त्यहाँका प्रमुख अशोक भट्टराई र भक्तपुर मालपोतबाट प्रमुख माधव घिमिरेलाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानेका थिए ।

बिज्ञापन

मन्त्री इङनाम यी सबैलाई विकट जिल्लातिर पठाइदिन भनिरहेको समयमा यसरी सरुवामा परेका उपसचिवहरु अन्याय भयो भन्दै प्रशासकीय अदालतमा पुगेका हुन ।
सामान्य प्रशासन मन्त्रालयले गत आइतबार ती उपसचिवहरुलाई मालपोत कार्यालयबाट तानेर सामान्यको बरण्डामा राखेसँगै उनीहरु प्रशासकीय अदालत पुगेका हुन ।
यस्का अलवा भक्तपुर मालपोतबाट सरुवामा परेका डम्बर बहादुर कार्की समेत सरुवा बदरको माग राखेर प्रशासकीय अदालत पुगेका छन् ।
सुशासन कायम गर्नका लागि भन्दै बदनामीमा मुछिएका कर्मचारीहरुलाई मन्त्रीको निर्देशनमा सामान्य प्रशासन मार्फत सरुवा गराउदैं जाने र प्रसासकीय अदालतले ती सरुवा बदर गर्दै जाने हो भने कर्मचारी खटाउनै सक्ने स्थिति नरहने चिन्ता पोख्छन्,सामान्य प्रशासनका अधिकारीहरु ।

बिज्ञापन

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक

भूमिमन्त्रीलाई नै घुस दिन बाध्य बनायो भक्तपुर मालपोतले

मालपोत कार्यालय भक्तपुर र लगनखेलका कार्यालय प्रमुखको सरुवा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

बिशेष