काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मालपोत कार्यालय भक्तपुर र मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुखहरूको सरुवा गरेको छ। मन्त्रालयले दुवै कार्यालयमा कार्यरत उपसचिवहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको हो।
बिज्ञापन
मन्त्रालयका अनुसार मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुख अशोक कुमार भट्टराई लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को अतिरिक्त समूहमा सरुवा गरिएको छ। त्यसैगरी मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख माधव घिमिरे लाई पनि मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ।
दुवै कार्यालय प्रमुखको सरुवासँगै सम्बन्धित कार्यालयहरूमा नयाँ प्रमुख तोक्ने प्रक्रिया अघि बढाइने बताइएको छ।
लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्
बिज्ञापन
मालपोत सुध्रिन लाग्दा भित्रैबाट प्रतिरोध: मन्त्री इङनाम एक्ला, महानिर्देशक–अधिकृत अर्कै लाइनमा
४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक


























