नेपाल प्रहरीका १० प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ ।
बिज्ञापन
बुधबार बसेको बढुवा समिति बैठकले १० एसपीलाई एसएसपीमा बढुवा सिफारिश गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) अनुसार गरिएको गृह मन्त्रालयको बढुवा समिति सचिवालयले जनाएको छ ।
जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन् । उनको दरबन्दी विशेष सुरक्षा गण कञ्चनपुरमा रहेको छ । यस्तै भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिं चौधरी र नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो ।
बिज्ञापन
प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ भने एक सिट मन्त्रिपरिषद्ले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


























