क्याविनेटबाट ओएनएम स्वीकृत भए लगतै १० प्रहरी एसपी एसएसपीमा बढुवा

नेपाल प्रहरीका १० प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ ।

बिज्ञापन

बुधबार बसेको बढुवा समिति बैठकले १० एसपीलाई एसएसपीमा बढुवा सिफारिश गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) अनुसार गरिएको गृह मन्त्रालयको बढुवा समिति सचिवालयले जनाएको छ ।

बिज्ञापन

जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन् । उनको दरबन्दी विशेष सुरक्षा गण कञ्चनपुरमा रहेको छ । यस्तै भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिं चौधरी र नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो ।

बिज्ञापन

प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ भने एक सिट मन्त्रिपरिषद्ले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

टिपरको ठक्करबाट नासु कोइरालाको मृत्यु

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

बिशेष