कर्मचारीको मूल्यांकन पद्धति : काम निकृष्ट,अंक उत्कृष्ट

सरकारले कर्मचारीहरुलाई बढुवा गर्दा शत प्रतिशत अंक दिने गरेको भेटिन्छ । के कार्यक्षमता अब्बल भएरै हो त ती कर्मचारीहरुले शत प्रतिशत अंक पाउन सफल भएको ?
कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा गरिँदै आएको छ । यसरी बढुवा गरिँदा उनीहरुको शैक्षिक योग्यता,तालिम,जेष्ठता,भौगोलिक क्षेत्रका आधारमा नम्बर दिँइदै आएको छ र सोही आधारमा बढुवा हुन्छन् ।
कासमू कार्यालयका सुपरीवेक्षक, विभागीय प्रमुख तथा कार्यसम्पादन मूल्यांकन समितिबाट गरिन्छ । जसका लागि कर्मचारीको जिम्मेवारी, कार्य लागत, प्राप्त नतिजालगायत विषय हेरिन्छ ।
जस्तो हालैमात्र १५ उपसचिव सहसचिवमा बढुवा सिफारिस भए ।ती मध्ये १२ जनाले शत प्रतिशत प्राप्तांकसहित बढुवा सिफारिस गरेको छ । उनीहरुलाई कार्यक्षमता मुल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । निजामती सेवा ऐन २०४९ को दफा २० (४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवाका लागि सिफारिस भएका कार्यक्षमता मूल्यांकनका आधारमा निजामती प्रशासन जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र प्रेमबहादुर दौल्याल शत प्रतिशत अंकसहित बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,नेपाल विविध सेवाका मनिष भट्टराई,नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट रमेश प्रसाद मैनाली र हरिप्रसाद अर्याल शत प्रतिशत प्राप्तांकसहित बढुवा सिफारिस भएका छन् । नेपाल कृषि सेवा इको एगृ समूहबाट शत प्रतिशत अंकसहित बद्री प्रसाद दाहाल बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,नेपाल वन सेवा,स्वायल एण्ड वाटर कन्जरभेसन समूहबाट राजु सापकोटा शत प्रतिशत प्राप्ताङ्कसहित बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यसरी बढुवा हुनेहरुमा चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दीपक ज्ञवालीलाई छन् भने नेपाल कृषि सेवा भेटनरी समूहबाट डा प्रज्ञा कोइराला ९९ दशमलव ७२ प्राप्ताङ्कसहित बढुवाका लागि सिफारिस भएकी छिन् ।

बिज्ञापन

यस्तै, नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी समूहबाट गणेशनाथ त्रिपाठी बढुवाका लागि सिफारिस भएका छन् । यस्तै प्रकाश चौधरी, ओमराज ढुङ्गाना र मनिष कुमार अर्याल रहेका छन्।नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा विजयकुमार महत्व र धर्मेन्द्र कुमार झा शत प्रतिशत अंकसहित बढुवा सिफारिस भएका छन् ।
यस्तै,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा सुमन सालीके बढुवा सिफारिस भएका छन्।

यसरी दिइने कासमू नम्बर कतिको वैज्ञानिक छ ? सरकारी कर्मचारीहरु नै कार्यसम्पादन मूल्यांकन गर्ने विद्यमान परिपाटीप्रति सन्तृष्ट छैनन् ।

कुनै पनि कर्मचारीले आफ्नो पदीय जिम्मेवारीअनुसार काम गरे वा नगरेको मापन तथा मूल्यांकन गर्ने विधि कार्यसम्पादन मूल्यांकन (कासमू) हो । यसको अवधारणा कर्मचारीले कुनै पनि काम गर्दा लगाएको समय, कामको परिमाणदेखि प्रभावकारितासम्मको मापन गर्नु हो । त्यसैगरी, कर्मचारीका गल्ती तथा कमीकमजोरीलाईं पनि यसमार्फत औंल्याइन्छ । कर्मचारीको बढुवा, पुरस्कार, दण्ड सजाय, वृत्ति विकास, उच्च शिक्षा अध्ययन छनोटमा यसैलाई आधार मान्ने गरिएको छ ।

सरकारी कर्मचारीहरु नै यो प्रणाली वैज्ञानिक नभएको स्वीकार गर्दछन् । कतिपय स्थितिमा दीर्घरोगी,अल्जाइमरजस्तो गम्भीर रोग लागेका कर्मचारीमात्र होइन भ्रष्टाचार प्रकरणमा अख्तियारले विशेषमा मुद्धा चलाएका कर्मचारीले शत प्रतिशत अंक पाएको देखिन्छ । कार्यालय प्रमुख वा हाकिमसँग टसल परेका कर्मचारीहरुको कासमू रेटिने गरेको सुनाउँछन्,कर्मचारीहरु नै । जो दूरदराजमा बसेर काम गर्दछ । दिनरात जनताकै लागि काम गर्दछ चाकडी वा चाप्लुसी जान्दैन उसको कासमू अंक कम हुने तर जो हाकिमको चाकडी गर्दछ,जो सिंहदरबार वरिपरी घुमिरहन्छ उसैको कासमूमा शत प्रतिशत अंक आउने गरेको कर्मचारीहरु तीतो पोख्छन् ।

नैतिक रुपमा पतनमा परेका,विगतमा यौनकाण्डदेखि अनेकन काण्डमा मुछिएका कर्मचारीहरुले समेत कार्यक्षमता मुल्यांकनमा शत प्रतिशत अंक पाउने भेटिएका कारण यो पद्धति नै व्यवहारिक नभएको प्रशासन क्षेत्रभित्रबाट आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपानीको नागरिकता शंकास्पद,छानबिन अगाडि बढाउँदा सिडियोकै सरुवा

दरबन्दी मिलानप्रति सचिवले देखाएनन् रुची

प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

बिशेष