निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मीले कस्तो सेवासुविधा पाउँछन् ? कार्यविधिसहित

आगामी २१ फागुनको निर्वाचनमा खटिने कर्मचारीदेखि सुरक्षाकर्मीहरुले शत प्रतिशत भत्ता पाउने भएका छन् । निर्वाचन आयागले कार्यविधि जारी गर्दै  आयुक्त,पदाधिकारी,कर्मचारी तथा सुरक्षासमितिका लागि सेवा सुविधा तोकेको छ ।

बिज्ञापन

आयोगले निर्वाचन आयुक्तहरुदेखि सुरक्षाकर्मीसम्मलाई आयोगले तलब बराबर नै भत्ता वितरण गर्ने गरी कार्यविधि तयार पारेको छ । जस अनुसार,आयुक्त, कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन सुरक्षा समितिका पदाधिकारीहरुले भत्ताबापत एक महिना बराबरको तलब सुविधा पाउनेछन् । यस्तै सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी र काजमा खटिने कर्मचारीहरुले समेत शुरु स्केलको शत प्रतिशत रकम भत्ता वापत पाउने आयोगले जनाएको छ । यस्का अलवा यो सुविधा आयुक्तको सुविधामा कार्यरत कर्मचारी,आयुक्त र निजी सचिवका पिएसओले समेत पाउने आयोगले कार्यविधि बनाएको छ ।

बिज्ञापन

यो सुविधा आयुक्तको निवासमा खटिएका सुरक्षाकर्मी,आयोगको मूल गेटमा खटिने दश जनासम्मका प्रहरीहरुले पाउने जनाइएको छ । यसका अलवा आयुक्तले सञ्चार सुविधाबापत प्रति महिना दुई हजार पाँच सय सुविधा पाउनेछन् भने सचिवले दुई हजार, सहसचिवले एक हजार पाँच सय, उपसचिवले एक हजार र शाखा अधिकृतले पाँच सय पाउनेछन् ।

खाजा शीर्षकमा आयोगका सचिवालयमा कार्यरत कर्मचारीहरुले प्रति दिन तीन सय रुपैयाँ र बिदाको दिन खाना खर्चबापत पाँच सय रुपैयाँ पाउनेछन्।

बिज्ञापन

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति समेत गरी  सरकारले करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

बिशेष