अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

नेपाल सरकारका एक उपसचिव जो ८ महिना अर्थात गत चैत्रदेखि नेपाल बाहिर छन् । तर उनी विदेशमा भए पनि उनको हाजिरी कापीमा रातो लागिरहेको छैन,धमाधम हाजिर भइरहेको बिषय भेटिएसँगै उजुरी पुग्छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतकै राष्ट्रिय सतर्कता केन्द्रमा । केन्द्रले दुई दिनभित्रै  उनी आवद्ध विभागलाई सम्पूर्ण जानकारी उपलब्ध गराउन पत्र काट्छ । प्रम कार्यालय मातहतको केन्द्रले पत्र काटेको चाल पाए लगतै ८ महिनादेखि अष्ट्रेलियामा रमाउँदै आएका उपसचिव रकेट गतिमा स्वदेश आइपुग्छन् ।

बिज्ञापन

यसरी राज्यका निकायहरुलाई गुमराहमा राखेर आठ महिना अगाडि अष्ट्रेलिया पुगेर,उतै रमाइरहेका पशु सेवा विभागका उपसचिव डा नविन उपाध्याय घिमिरेको हाजिरी चाहिँ नेपालमा भइरहेको बिषय बाहिरिएपछि सर्तकता केन्द्रले दुई दिनभित्र जबाफ पेश गर्न पत्र पठाएको दुई दिन पछि ती उपसचिव पुल्चोकस्थित पशु सेवा विभागको कार्यालयमा झुल्किएका थिए ।

बिज्ञापन

अघिल्लो बर्षको चैत्रमा  अष्ट्रेलिया  प्रस्थान गरेका उनी  झण्डै ८ महिना पछि स्वदेश फर्किए । प्राप्त रेकर्ड अनुसार,उनी डिसेम्बर ३ तारिखमा स्वदेश फर्किएका हुन ।  अर्थात १७ मंसिर ०८२ मा स्वदेश फर्किएको देखिन्छ र स्वदेश फर्किएको पाँच दिन पछि उनी पुन: अष्ट्रेलियातिरै फर्किएको विवरण भेटिन्छ तर उनी विदेशमा हुँदा समेत यहाँ उनको हाजिरी भइरहेको बिषयलाई गम्भीर छ । निजामती ऐन अनुसार ९० दिनभन्दा बढी गैरहाजिरी भए निलम्बन गर्न सकिने प्रावधान छ । यही प्रावधानलाई छल्न अर्थात निलम्बनबाट बच्नका लागि चलाखी गरेको बताइन्छ ।  उनी निलम्बनमा पर्ने भए सँगै निलम्बनबाट जोगाउन कीर्ते पूर्व हाजिरी भएको बिषयलाई गम्भीरतापूर्वक लिएका छन्,यो बिषयलाई नजिकबाट हेरिरहेका कर्मचारीहरुले ।

विभागको प्रशासन शाखाका अनुसार,यस बीचमा साउन ११ देखि भदौ १ गतेसम्मको घर बिदा,विरामी विदा स्वीकृत भएको छ । जो उतैबाट इमेल गरेर पठाएको थिए । त्यस यता भदौं २ देखि मंसिर २२ बिदा स्वीकृत छैन । उनी लगातार ११० दिन गैर हाजिरीमा छन् । निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा पूरा गरेर सेवाबाट हटाउन सकिने व्यवस्था छ । डा. घिमिरे कार्यालयमा गैरहाजिर रहेको ९० दिनभन्दा बढी समय भइसकेको छ । तर विभागले अहिलेसम्म उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छैन, बरु उनको हाजिरी मिलाइदिने खेलोमेलोमा महानिर्देशक नै लागेको कर्मचारीहरु बताउँछन् । उनलाई जागिरबाट जोगाउने उदेश्यले नै उनी विदेशमा भएको समयमा समेत असार २९ गतेदेखि ९ साउन ०८२ सम्म हाजिरी कपीमा हाजिर लगाइएको छ । जबकी त्यो समयमा उनी नेपालमा छैनन् । यो अवधिमा न त विभागका कुनै कर्मचारीहरुले उनलाई विभागमा न देखें, न भेटे नै ।कर्मचारी प्रेसले उनको बिषयमा विभागका केही कर्मचारीहरुसँग जिज्ञासा राख्दा यो बीचको अवधिमा कार्यालयमा नदेखेको बताएका छन् ।

बिज्ञापन

यसरी अस्ट्रेलियामा रहेका उपसचिवको जागिर जोगाउन महानिर्देशक डा. रामनन्दन तिवारी नै हात धोएर लागिपरको छन् । उनको बिषयमा प्रश्न उठाउँदै सिंहदरबारमा उजुरी परेपछि सतर्कताले पत्र काटेको तीन दिनमै उपसचिव नेपाल उत्रिएका थिए । पाँच दिन यता बसेर उनी अस्ति सोमबार उतै उडिसकेका छन् ।

यता उपसचिव फर्किएकै भोलिपल्ट डिजी तिवारी श्रीलंकातिर उडेका छन् । उनको बदमासी बारे छानबिन समिति गठन हुने विभागले जनाएको छ । विभागका कर्मचारीहरुका अनुसार महानिर्देशक तिवारी २८/२९ गते स्वदेश फर्किएपछि मात्र छानबिन प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।

निजामती कर्मचारीहरुले सञ्चित विदा १८० दिन,बर्ष बिदा अन्तरगत घर विदा ३० दिन,भैपरी विदा १२ दिन,विरामी विदा १२ दिन गरी बर्षभरमा ५४ दिन बिदा पाउँछन् । तर उनको सबै प्रकारको विदा पाउँछन् । ९० दिनभन्दा बढी गैर हाजिरी भएका कर्मचारीलाई निलम्बन प्रक्रिया अगाडि बढाउनुपर्नेमा महानिर्देशकै छत्रछाँया पाएका उनको गैरहाजिरी गरिएको बिषयमा गम्भीर रुपमा छानबिन हुँदा कर्मचारीहरु नै कीर्ते प्रकरणमा डामिएर जागिर गुम्ने स्थिति देखिदैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष