नीतु पौडेल आत्महत्या प्रकरण : तीन लाख धरौटीमा छुटे बाबुल

गायिका नीतु पौडेलले आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बिज्ञापन

बाबुल र नीतु केही समयदेखि प्रेममा थिए ।कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए । नीतुका परिवारले समेत वावुलविरुद्ध जाहेरी दिएका थिए ।

बिज्ञापन

गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएपछि अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेका थिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन सरकारले तोकेका २६ सार्वजनिक खाद्य विश्लेषक

नीतु पौडेल आत्महत्या प्रकरण : तीन लाख धरौटीमा छुटे बाबुल

स्थानीय तहलाई आर्थिक अनुशासनमा कडाइ,तयार भयो आर्थिक कार्यविधि विद्येयक

कर्मचारीको सर्वाेच्च पदका लागि चार सचिवको दौड,यस्तो छ योग्यता-विज्ञता र कार्य अनुभव

कर्मचारीको निर्णय आँखाचिम्लेर हस्ताक्षर गर्ने सचिव, भोलि मुख्य सचिव?

मुख्य सचिवसँग जाँचबुझ आयोगले लियो बयान,गृहसचिव र सीडियोलाई बोलाउने तयारी

सार्वजनिक संस्थानका प्रमुखको तलबमा खाडल : ५३ हजारदेखि ४ लाखसम्म

तीन सीइओको अगाडि राष्ट्र बैंक मुकदर्शक : निर्देशन न एक्सन

बिशेष