नीतु पौडेल आत्महत्या प्रकरण : तीन लाख धरौटीमा छुटे बाबुल

गायिका नीतु पौडेलले आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बिज्ञापन

बाबुल र नीतु केही समयदेखि प्रेममा थिए ।कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए । नीतुका परिवारले समेत वावुलविरुद्ध जाहेरी दिएका थिए ।

बिज्ञापन

गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएपछि अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेका थिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

बिशेष