सार्वजनिक संस्थानका प्रमुखको तलबमा खाडल : ५३ हजारदेखि ४ लाखसम्म

सरकारी संस्थान तथा निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा तथा तलव भत्ता लिइरहेको भेटिएको छ । राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानमा उस्तै पदमा कार्यरत पदाधिकारी र कर्मचारीको पारिश्रमिकमा व्यापक भिन्नता रहेको एउटा सरकारी अध्ययनले देखाएको हो।

बिज्ञापन

एकै प्रकारको जिम्मेवारी बोकेका, समान जोखिम र समान स्वभावका काम गर्ने कर्मचारीमध्ये कोही ५३ हजार तलब लिन्छन् भने कसैले चार लाखसम्म सुविधा लिँदै आएको खुलासा गरेको छ । यस्का अलवा कुनै बोर्डका पदाधिकारी महिनामा पाँच पटक बैठक बसेर ४०–५० हजार बैठक–भत्ता उठाउँछन् भने कतिपय संस्थामा बैठक भत्ता दुई हजार रुपैयाँभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

विभिन्न ६० संस्थानमा काम गर्ने पदाधिकारी र कर्मचारीहरुको तलब तथा सेवा सुविधा केलाउँदा यी निकायहरूमा ४१ प्रकारका भत्ता बाँड्ने गरेको देखिएको छ । ६० वटा बोर्ड तथा संस्थानमध्ये ४८ निकायमध्ये ८ वटामा बैठक भत्ता ‘नेपाल सरकारले तोक्ने उल्लेख छ भने ११ वटामा साधारणसभाले, ४ वटामा नेपाल सरकारसरह,५ वटामा तोकिए बमोजिम, ९ वटामा सञ्चालक समितिले तोके बमोजिम हुने उल्लेख छ । ६ वटामा नियम तथा विनियम बमोजिम हुने उल्लेख छ ।सञ्चालक समितिको बैठक भत्ता दुई हजार रुपैयाँदेखि नौ हजार रुपैयाँसम्म रहेको पाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले सबैभन्दा धेरै तलब र सेवा सुविधा लिने गरेका छन् । उनले मासिक तीन लाख,भत्ता सहित गरी मासिक ४ लाख ५० हजार बुझ्ने गरेका छन् । कृषि विकास बैंक र नेपाल बैंकका सीईओले मासिक समान ४ लाख तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले ३ लाख ९१ हजार रुपैयाँ तलब तथा भत्ता सुविधा लिँदै आएका छन् ।
तलब भत्ता सुविधा धेरै लिनेमा कार्यालय प्रमुखमध्ये पाँचौं नम्बरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको २ लाख ९४ हजार बुझ्दै आएका छन् । त्यहाँको प्रमुखको तलब मासिक ७३ हजार ७ सय ३० रुपैंया तोकिएको भए पनि भत्ता जोडेर मासिक झण्डै तीन लाख बुझ्दै आएका छन्,विद्युत प्राधिकरणको प्रमुखले ।
यस्तै, विद्युत उत्पादक कम्पनीको कार्यकारी प्रमुखको मासिक तलब ७० हजार तोकिएको छ भने भत्ता सहित गरी उनको खातामा मासिक २ लाख ८० हजार जाने गरेको छ । नेपाल टेलिकमको प्रमुखले तलब २ लाख ५० हजार, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशकको तलब २ लाख र भत्ता समेत जोडेर मासिक २ लाख ५० हजार बुझ्दै आएका छन् । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखको मासिक तलब १ लाख ८१ हजार र भत्ता समेत जोडेर मासिक २ लाख ३५ हजार रुपैयाँ बुझ्दै आएको सरकारी प्रतिवेदनले देखाएको छ ।
सो प्रतिवेदनका अनुसार,नेपाल बीमा प्राधिकरणका अध्यक्षको तलब ७७ हजार २११ भए पनि त्यसमा भत्ता जोडेर २ लाख २१ हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सीईओको मासिक तलब १ लाख ३४ हजार र भत्ता जोडेर २ लाख २१ हजार बुझ्दै आएका छन् । यस्तै, नागरिक लगानी कोषका सीईओको तलब १ लाख २५ हजार र भत्ता समेत जोडेर २ लाख १९ हजार मासिक बुझ्दै आएका छन् ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका गभर्नरको मासिक तलब १ लाख ३६ हजार र अनेकन भत्ताहरु जोड्दा मासिक २ लाख १६ हजार रुपैयाँ बुझ्ने गरेका छन् । त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको प्रमुखले मासिक १ लाख ५१ हजार तलबमा भत्ता जोडेर २ लाख ८ हजार तथा एचआईडीसीएलका सीईओको मासिक २ लाख २ हजार रुपैयाँ बराबरको तलब तथा सुविधा रहेको उल्लेख गरिएको छ । यस्तै नेपाल दूरसञ्चार प्राधिकरण प्रमुखको तलब १ लाख ८५ हजार ६००,निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुखले मासिक १ लाख ५० हजार तलब र भत्ता जोडेर १ लाख ७६ हजार ७ सय हात पार्दै आएका छन् । राष्ट्रिय जीवन वीमा कम्पनी र राष्ट्रिय वीमा कम्पनीको प्रमुखको तलब मासिक १ लाख तोकिएको छ । उनीहरुले भत्ता जोडेर १ लाख ६७ हजार थाप्दै आएका छन् भने नेपाल आयल निगमको प्रमुखको तलब ६२ हजार ६८० तोकिएको भए पनि भत्ता मासिक मासिक १ लाख पाउँदै आएका छन् ।
यस्तै, नेप्सेका प्रमुखले १ लाख ५८ हजार मासिक तलब सुविधा बुझ्दै आएका छन् भने साझा यातायात सहकारी संस्थाको प्रमुखको तलब १ लाख ५० हजार तोकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रमुखले १ लाख ८ हजार,नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रमुखको तलब भत्ता जोडेर ९८ हजार,खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखको तलब भत्ता मासिक ९८ हजार ८२,विशाल बजार कम्पनी प्रमुखको तलब ९७ हजार ३८० रहेको छ भने नेपाल वायुसेवाका प्रमुखले तलब वापत ७२ हजार ०८२ र भत्ता जोडेर ९३ हजार लिँदै आएका छन् ।
यस्तै,स्वास्थ्य वीमा वोर्डको प्रमुखको ९२ हजार,जनक शिक्षा सामाग्री केन्द्रका प्रमुखले ९१ हजार २५०,तारा गाउँ विकसा समितिका प्रमुखले ८८ हजार,समाज कल्याण परिषद्को प्रमुखले ८१ हजार,साष्कृतिक संस्थानका महाप्रवन्धकले ७९ हजार ८८८ बुझ्दै आएका छन् । राष्ट्रिय दूग्ध विकास वोर्ड,चलचित्र विकास वोर्ड,राष्ट्रिय परीक्षा वोर्ड,कालिमाटी फलपूmल तथा तरकारी बजारका अध्यक्षले समान ७७ हजार ०८२ रुपैंया मासिक तलब भत्ता वापत रकम बुझ्दै आएका छन् ।
वन निगम,राष्ट्रिय आवास कम्पनी,नेपाल परिवहन तथा गोदाम व्यवस्था लिमिटेड,सार्वजनिक सेवा प्रशारण नेपाल,राष्ट्रिय न्यायिक प्रतिष्ठानका प्रमुखहरुले समान ७२ हजार ८२ रुपैंया बुझ्दै आएका छन् ।
यस्तै नेपाल रेल्वे कम्पनीका प्रमुख कार्यकारी प्रमुखले ५६ हजार ७८७ रुपैयाँ मासिक रुपमा बुझ्दा दुग्ध विकास संस्थानका प्रमुखले ५५ हजार ७ सय र सिंहदरबार वैद्यखानाका हाकिमले सबैभन्दा कम अर्थात मासिक ५३ हजार ७०० तलब बुझ्दै आएका छन् ।

सरकारी संस्थान-निकायमा ४१ प्रकारको भत्ता,प्रति बैठक भत्ता नौ हजार

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवसँग जाँचबुझ आयोगले लियो बयान,गृहसचिव र सीडियोलाई बोलाउने तयारी

सार्वजनिक संस्थानका प्रमुखको तलबमा खाडल : ५३ हजारदेखि ४ लाखसम्म

तीन सीइओको अगाडि राष्ट्र बैंक मुकदर्शक : निर्देशन न एक्सन

सरकारी संस्थान-निकायमा ४१ प्रकारको भत्ता,प्रति बैठक भत्ता नौ हजार

मंसिर ५- ६ मा हिसान तारकेश्वर फुटसल टुर्नामेन्ट हुँदै

अध्यक्षलाई सरकारी वकिलको उन्मुक्ति,लेखा प्रमुखतिर सोझियो शंकाको सुँई

जेनजी युवालाई वार्ताको लागि बाराका सिडिओ मिश्रले गरे आह्वान

कार्यालय प्रमुख,इञ्जिनियर,सब इञ्जिनियरसहित ६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष