मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराती पक्राउ परेका छन् । उनले हिजो प्रहरीले पक्राउ गरेको हो। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
बिज्ञापन
प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाभियान ले यही मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने करिब एक महिनासम्म चल्ने एनपिएल आजदेखि शुरु भएको छ । नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको एनपिएल आन्दोलनका कारण बिथोलिनसक्ने चिन्ता खेलप्रेमीले गरिरहेको अवस्था थियो ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ।


























