मध्यराती दुर्गा प्रसाई पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराती पक्राउ परेका छन् । उनले हिजो प्रहरीले पक्राउ गरेको हो। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

बिज्ञापन

प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाभियान ले यही मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने करिब एक महिनासम्म चल्ने एनपिएल आजदेखि शुरु भएको छ । नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको एनपिएल आन्दोलनका कारण बिथोलिनसक्ने चिन्ता खेलप्रेमीले गरिरहेको अवस्था थियो ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष