किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् ।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन । ०५८ इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए । उनी २०८२ साउनमा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।

बिज्ञापन

रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।राजीनामा स्वीकृतिका लागि प्रहरी प्रमुख आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । सिनियर प्रहरी अधिकारीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रहरी केन्द्रीय कार्यालयले उपलव्ध गराएको विवरण अनुसार,०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेका छन् । यसरी जागिर छाड्नेहरुमा १९ जना सिनियर अधिकृत छन् । अघिल्लो आर्थिक बर्षमा मात्र ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएको विवरण हेर्ड क्वार्टरले उपलव्ध गराएको छ । जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । पछिल्लो पाँच बर्षमा झण्डै आठ हजार प्रहरीहरुले सेवा अवधि बाँकी छँदै राजीनामा ठोकेर हिडेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

सिंहदरबारमा क्याविनेट बैठक जारी,केही सचिवहरुको सरुवा हुन सक्ने

सरकार गठन र संसद विघटन दुवै असंवैधानिक : यस्तो छ बरिष्ठ अधिवक्ताहरुको तर्क

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, बहसकर्तालाई ५/ ५ मिनेट समय

प्रदेशबाट फिर्ता भएका,दरबन्दी फाजिलमा परेका र बरण्डामा रहेका अधिकृतहरुको सरुवा (सूचीसहित)

बिशेष