सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै

सशस्त्र प्रहरी बलकी इन्सपेक्टर डा. महिमा सिटौलामाथि गृह मन्त्रालयले बर्खास्ती प्रक्रिया अघि बढाएको छ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार सचिवस्तरको निर्णयअनुसार सिटौलालाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी’ सेवाबाट हटाउने तयारी गरिएको हो। उनी साउन १४ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएकी थिइन्।

बिज्ञापन

मन्त्रालयले अनुशासन उल्लङ्घनको मुद्दा उठाउँदै सिटौलालाई सात दिनभित्र कारण बताउने अवसर दिएको छ। तोकिएको म्यादभित्र स्पष्टीकरण नआएमा सोही आधारमा अन्तिम निर्णय गर्ने गृह स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार सिटौलाले निजी कारण देखाउँदै बिदा मागेकी थिइन्। तर बिदा स्वीकृत नभएपछि उनी स्वतः अनुपस्थित बनेकी हुन्।

बिज्ञापन

गृह मन्त्रालयले यो घटनालाई अनुशासनहीनताको गम्भीर उदाहरणका रूपमा लिँदै कारबाही अघि बढाएको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

बिशेष