हाम्रो समाजमा जर्वजस्त स्थापित एउटा भाष्य छ महिलाहरु घुस खाँदैनन्,इमान्दार हुन्छन् तर अख्तियारको प्रतिवेदन केलाउने हो भने महिलाहरु पनि अवसर पाउँदा घुस असुल्न पछि पर्दैनन् भन्ने देखिएको छ ।
बिज्ञापन
जस्तो कुनै समय उत्कृष्ट निजामती पुरस्कार थापेकी लेखा पनेरु १ लाख घुससहित पक्राउमात्र परिनन् । भ्रष्टाचारी ठहर भएसँगै उनको जागिरै गुमेको छ । उनीझैं अर्काे सब इञ्जिनियर उषाकिरण रोकाया समेत विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेर मुद्धा चलाएकोमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् र रमाइलो नै अख्तियारमा मुद्धा परेकोमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकासँग सम्बन्धित ३५० भन्दा बढी उजुरी अख्तियारमा परेको छ ।
बिज्ञापन
उता केही अघि बिशेष अदालतले २५ हजार घुस लिने सब इञ्जिनियरलाई दोषी ठहर गरेको छ । चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्त हुन वा ३० हजार घुस लिएको आधारमा कैद हुदै जागिर गुमाएकी कम्युटर अधिकृत विन्दु प्रधान । यी त केही उदाहरण मात्र हुन । केही अगाडिमात्र विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाए । उनका श्रीमान् रिह्याब सेन्टर’ मा छन् भने दुई छोरी पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा थियो ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको जनाएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् ।
बिज्ञापन
उल्लिखित मुद्दाहरूमा ९४ जना महिला, ६१९ जना पुरुष र ४० संस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपियाँ ९३ पैसा बिगो मागदाबी लिइएको छ । अर्थात ९४ जना महिला र ६१९ पुरुषसँग राज्यको झण्डै ६ अर्ब अकुत सम्पत्ति कुम्लाएका छन् । ६१९ जना पुरुषहरुले घुस खाँदा ९४ जना महिलाहरु फन्दामा परेका छन् । घुस खानेमा ६ महिला र ७१ पुरुष राष्ट्रसेवक छन् । उनीहरुविरुद्ध ४ करोड ९२ लाख ७६ हजार ८ सय बराबरको मुद्धा चलेको छ भने गैरकानुनी लाभ हानीका २८८ मुद्धामा २७ महिला प्रतिवादी बनाइएको छ उनीहरु उपर ८२ करोड ५५ लाख ५७ हजार ४४ मागदावी लिइएको छ । यस्तै गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् ।
उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी लिएको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ जना रहेका छन् । जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ ।