घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

हाम्रो समाजमा जर्वजस्त स्थापित एउटा भाष्य छ महिलाहरु घुस खाँदैनन्,इमान्दार हुन्छन् तर अख्तियारको प्रतिवेदन केलाउने हो भने महिलाहरु पनि अवसर पाउँदा घुस असुल्न पछि पर्दैनन् भन्ने देखिएको छ ।

बिज्ञापन

जस्तो कुनै समय उत्कृष्ट निजामती पुरस्कार थापेकी लेखा पनेरु १ लाख घुससहित पक्राउमात्र परिनन् । भ्रष्टाचारी ठहर भएसँगै उनको जागिरै गुमेको छ । उनीझैं अर्काे सब इञ्जिनियर उषाकिरण रोकाया समेत विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेर मुद्धा चलाएकोमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् र रमाइलो नै अख्तियारमा मुद्धा परेकोमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकासँग सम्बन्धित ३५० भन्दा बढी उजुरी अख्तियारमा परेको छ ।

बिज्ञापन

उता केही अघि बिशेष अदालतले २५ हजार घुस लिने सब इञ्जिनियरलाई दोषी ठहर गरेको छ । चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्त हुन वा ३० हजार घुस लिएको आधारमा कैद हुदै जागिर गुमाएकी कम्युटर अधिकृत विन्दु प्रधान । यी त केही उदाहरण मात्र हुन । केही अगाडिमात्र विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाए । उनका श्रीमान् रिह्याब सेन्टर’ मा छन् भने दुई छोरी पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा थियो ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको जनाएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् ।

बिज्ञापन

उल्लिखित मुद्दाहरूमा ९४ जना महिला, ६१९ जना पुरुष र ४० संस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपियाँ ९३ पैसा बिगो मागदाबी लिइएको छ । अर्थात ९४ जना महिला र ६१९ पुरुषसँग राज्यको झण्डै ६ अर्ब अकुत सम्पत्ति कुम्लाएका छन् । ६१९ जना पुरुषहरुले घुस खाँदा ९४ जना महिलाहरु फन्दामा परेका छन् । घुस खानेमा ६ महिला र ७१ पुरुष राष्ट्रसेवक छन् । उनीहरुविरुद्ध ४ करोड ९२ लाख ७६ हजार ८ सय बराबरको मुद्धा चलेको छ भने गैरकानुनी लाभ हानीका २८८ मुद्धामा २७ महिला प्रतिवादी बनाइएको छ उनीहरु उपर ८२ करोड ५५ लाख ५७ हजार ४४ मागदावी लिइएको छ । यस्तै गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् ।

उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी लिएको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ जना रहेका छन् । जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

बिशेष