इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

इटहरीस्थित सवारी परीक्षण कार्यालयभित्र फैलिएको अनियमिततामाथि उजुरी बढेपछि कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्रालयले तत्कालै जिम्मेवारीबाट हटाएको छ।

बिज्ञापन

 

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार दुबैजनालाई पदमुक्त गर्दै मन्त्रालयमा तानेको हो। सेवाग्राहीसँग घुस असुल्ने, मोलमोलाहिजा गर्ने, अनावश्यक झन्झट दिने मात्र होइन, राजश्व हिनामिना गरेको आशंका समेत उजुरीमार्फत सतहमा आएको मन्त्रालयले जनाएको छ।

 

बिज्ञापन

सवारी परीक्षण कार्यालय, इटहरीले बहुप्रदेशीय सार्वजनिक सवारीलाई बाटो इजाजतपत्र दिने, स्तर कायम गर्ने, जाँचपास गर्ने र प्रदूषण परीक्षणसमेत गर्ने जिम्मेवारी बोकेको छ। तर, सोही जिम्मेवारीकै आडमा सेवा लिने नागरिकसँग गैरकानुनी लेनदेन बढाएको प्रमाणसहित उजुरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसम्म पुगेपछि कारबाही अघि बढाइएको हो।

 

मन्त्री घिसिङले दुबैजनालाई पदमुक्त गर्ने मात्र नभई विस्तृत छानबिनका लागि समितिसमेत गठन गरेका छन्। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजाल संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिलाई १० कार्य दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

 

समितिलाई आरोपित कर्मचारी तथा सेवाग्राहीसँग बयान लिन, कार्यालयमा भएका निर्णयका कागजात अध्ययन–अनुसन्धान गर्न र आवश्यक अनुशासनात्मक कारबाहीका लागि सिफारिस गर्न अधिकार दिइएको छ।

 

मन्त्रालयका अनुसार, प्रारम्भिक छानबिनमै उजुरी गम्भीर देखिएका कारण तत्कालै जिम्मेवारी फिर्ता गरिनुपरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष