मापदण्ड कुल्चिएर सिडियो खटन पटनमा मन्त्रीको मनपरी

योग्य सक्षम कर्मचारीलाई पाखा लगाएर दलका झोले कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा कस्तो घटना हुन्छ भन्ने ज्वलन्त उदाहरण छ,जेठ २३ को घटनाक्रम । यस्तै यस अघि दुर्गा प्रसाइहरुले वानेश्वरमा गरेको प्रदर्शनको क्रममा एक सञ्चारकर्मी घरभित्रै जले । त्यसमा समेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुकेको रुपमा हेर्नेदछन्,प्रशासनका जानकारहरु ।
रमेश लेखकका एस म्यान भनेर गृहका कर्मचारी परिचालनमा मनलाग्दी गर्दै आएका छवि रिजाल वा ऋृषिराम तिवारी हुन । यी दुबै प्रमुख जिल्ला अधिकारीकै कारण जनधनको क्षति भएको रुपमा हेरिदैं छ ।
जेनजीको बलमा सरकारको गृहमन्त्रीको नेतृत्व सम्हालिरहेको ओमप्रकाश अर्यालले समेत फेरि उस्तै कमि कमजोरी गर्न थालेको चर्चा शुरु भएको छ गृह प्रशासनमा ।

बिज्ञापन

गृहमन्त्री ओमप्रकाश अर्याल समेत पूर्व गृहमन्त्री रमेश लेखककै पथमा लागेको भन्दै कर्मचारी बृत्तमा आलोचना शुरु भएको हो । कर्मचारी परिचालन गर्दा गृहमन्त्री अर्याल चुकेको भन्दै अहिले गृहकै कर्माचारीहरुले उनको आलोचना शुरु गरेका छन् ।

बिज्ञापन

जसरी हिजो रमेश लेखक गृहमन्त्री हुँदा गृह प्रशासनका अनुभवविहिन कर्मचारीहरुलाई काठमाडौं,भक्तपुरसहित क बर्गका जिल्लामा खटाइएको थियो । हालैमात्र काठमाडौँको प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्दा गृह आफैंले बनाएको मापदण्ड कुल्चिएको पाइएको हो । गृह मन्त्रालयले दुई बर्ष अगाडि बनाएको प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काज खटाउने सम्बन्धी (दोस्रो संशोधन कार्यविधि, २०८० लाइ कुल्चिएर उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजालको स्थानमा ईश्वर राज पौडेललाई खटाएको हुन ।

गत चैत्र २३ गते जेनजीको आन्दोलनका क्रममा छवि रिजालकै निर्देशनमा सुरक्षाकर्मीहरुले अन्धाधुन्ध गोली चलाउँदा एकै स्थानमा १९ जना कलिला युवाहरुको ज्यान गएको थियो । सोही घटनाक्रम पछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयको वेवसाइडबाट आफ्नो फोटो हटाउन लगाएका थिए भने दुई सातासम्म कार्यलय गएका थिएनन् ।

बिज्ञापन

उनको स्थानमा ईश्वरराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिमा विपरित क वर्गको जिल्लामा सिडिओ बनाएर खटाएका हुुन । पोखरेल यस अघि काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत,अध्यागमन विभागको महानिर्देशक हुँदै कोलकत्ताको महावाणिज्यदूत भएका थिए । अध्यागमनमा हुँदा ३३ किलो सुनको छानबिन समितिको नेतृत्व गरेका थिए ।

उनै पौडेललाई मापदण्ड विपरित काठमाडौँमा खटाइएको हो । उपत्यकाका जिल्लामा पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी भई अनुभव हासिल गरिसकेको अधिकृतलाई’ तोकिने व्यवस्था विपरित गृह प्रशासनको अनुभवविहिनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको हो । पौडेल २०७५ साउन १४ गतेदेखि २०७६ चैत १२ गतेसम्म अध्यागमन विभागको महानिर्देशक भने भएका थिए । केही समय मन्त्रालयमा बसे पनि अहिलेसम्म कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी भएका छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड कुल्चिएर सिडियो खटन पटनमा मन्त्रीको मनपरी

राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खोल्न गृहमन्त्रीको निर्देशन

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र

पहिरो पन्छाउने ‘भगवान्’ एक्साभेटर चालक

‘वौद्धिक विचौलिया’ पोस्ने काममा लगाम, क कस्को हुने भयो निदहराम ?

महानिर्देशकको गैरजिम्मेवारीले यात्रुहरूको दशैंको यात्रा कष्टकर : मुग्लिन–नारायणगढ सडकमा दैनिकी ठप्प

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

बिशेष