जेनजी कर्मचारीका नाममा सार्वजनिक प्रशासन ध्वस्त बनाउन नदिन निजामतीका ट्रेड युनियन एकजुट

निजामती कर्मचारीका ट्रेड युनियनहरूले पछिल्लो समय देखिएको ‘सार्वजनिक प्रशासन रुपान्तरण’ को नाममा केही पदाधिकारीको राजीनामा र संघ–संगठन विघटनको माग गर्दै भइरहेको गतिविधिप्रति कडा आपत्ति जनाएका छन्।

बिज्ञापन

मुख्यसचिव एकनारायण अर्याललाई बुझाइएको संयुक्त ज्ञापनपत्रमा ६ वटा कर्मचारी संगठनले प्रष्ट पारेका छन्— कानून बमोजिम दर्ता भएर सञ्चालनमा रहेका संगठनहरूलाई अपमानजनक टिप्पणी गर्ने वा विघटनको माग गर्ने गतिविधि अस्वीकार्य हुन्छ।

बिज्ञापन

अन्तरिम सरकार गठनपछि केही कर्मचारीले जेनजी निजामती भेला आयोजना गरी मुख्यसचिव, केही सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा रजिष्ट्रार, संसदका महासचिवलगायतको राजीनामा माग गरेका थिए। त्यस्तै, कर्मचारी ट्रेड युनियन विघटनको आवाज समेत उठाइएको थियो।

यसलाई प्रतिवाद गर्दै निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्वादत्त भट्टसहितका ६ वटा संगठनले संयुक्त वक्तव्य सार्वजनिक गरेका छन्। वक्तव्यमा प्रशासनलाई अस्थिर पार्ने प्रवृत्ति रोक्न माग गरिएको छ।

बिज्ञापन

युनियन नेताहरूले चेतावनी दिएका छन्— “सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्ने नाममा केही पदाधिकारीमाथि व्यक्तिगत हमला गर्न खोज्ने, संघ–संगठन विघटनको माग गर्ने वा कर्मचारीलाई विभाजित गर्ने गतिविधि तत्काल बन्द गर्नुपर्छ, अन्यथा संयुक्त रूपमा कडा कदम चालिनेछ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

जनताको फाइल खरानी, डीजी रेग्मीको ध्यान भने कमिसनको धन्दामै

सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

‘१५ प्रतिशत खराबको छायाँमा ८५ प्रतिशत इमान्दार कर्मचारी’

कर्मचारीको सेवा सुविधा कटौती गर्ने सचिवको सरुवा,अध्यक्षको गाडीको चाबी खोसियो

ओली सरकारले नियुक्ति गरेका ३१६ कार्यकर्ताको जागिर गयो,मासिक ६ करोड बचत

बिशेष