संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्दा एक पछाडि अर्काे मनपरी गरेको भेटिएको छ ।
बिज्ञापन
मन्त्रालयले फरक क्षमताकी (दृस्ट्रिविहिन) कर्मचारी,जो उपचारको क्रममा अस्पतालमा भर्ना भएकी छिन् र दुई महिना लामो विदा स्वीकृत गराएर उपचाररतछिन्,तिनै महिला उपसचिवलाई सिंहदरबारबाट लखेटेर स्थानीय तहमा पुर्याउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सिंहदरबारभित्रै जरा गाँडेर बसेका केही उपसचिवहरुलाई चलाउने आँट र हिम्मत गर्न सकेको छैन मन्त्रालयले । अहिले सामान्य प्रशासनमै रहेका एक उपसचिव सरकारी सेवा प्रवेश गरेको २७ बर्ष हुँदा समेत सिंहदरबारको चौघेरा तोडेर बाहिर जानु परेको छैन भने त्यही यस्ता पनि उपसचिवहरु छन्,जो सुव्वा तहदेखि सोही मन्त्रालयबाट दायाँ बायाँ हुन परेको छैन । यसरी जरा गाडेर बसेका रैथाने कर्मचारीलाई सरुवा गर्ने आँट र हिम्मत गर्न नसकेको मन्त्रालयले एक फरक क्षमताकी महिलालाई दुरदराजमा खटाएको छ ।
बिज्ञापन
मन्त्रालयले दुई सातामैं तीन सहसचिवको सरुवा उल्टाएकै थियो भने उपसचिवलाई शाखा अधिकृत बनाएर खटाएको समेत भेटिएको छ । यस्तै त्यही मन्त्रालयले एक जना शाखा अधिकृतलाई पटक पटक गरी चार पटक एउटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको भेटिएको छ । मन्त्रालयले उपसचिवको सरुवा गर्दा फरक क्षमताकी नीरा अधिकारीलाई महिला मन्त्रालयबाट भीमेश्वर नगरपालिकामा पठाएको हो । २०६६ सालमा सरकारी सेवामा प्रवेश नीरा २०७८ सालमा उपसचिवमा बढुवा भएपछी गरेकी हुन । महिला तथा बालबालिका विभागमा काम गरिरहेकी थिइन । उक्त कार्यालय खारेजी भएपछि उनी महिला मन्त्रालयमा कार्यरत थिइन,पछिल्लो दुई बर्षदेखि ।
महिला मन्त्री नै भएको समयमा फरक क्षमताकी दृष्टिविहीन उपसचिव नीरा उल्टै पेलानमा परेकी हुन । उनै फरक क्षमताकी कर्मचारीमाथि मन्त्रीले मानवीय संवेदनाको समेत ख्याल नगरी दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरेकी हुन । जबकी अधिकारी स्त्री रोगसँग संघर्ष गरिरहेकी छिन् । उनी लामो समयदेखि अस्पतालमा उपचाररत छिन्,दुई महिना लामो विदा स्वीकृत गराएर उपचाररत उनै दृष्ट्रिबिहिन कर्मचारीमाथि अन्याय गरिएको छ मन्त्रीबाट ।
बिज्ञापन
उसो त अहिले पनि सिंहदरबारका अधिकांश मन्त्रालय,मालदार कार्यालयहरुमा मेडिकल बोर्डको कीर्ते र नक्कली सर्टिफिकेट बनाएर नक्कली अपाङ्ग कर्मचारीहरुले राज गरिरहेका छन् । यसरी नक्कली अपाङ्ग बनेर तर मारिरहँदा सुशीला ढकाल, नीरा अधिकारीदेखि विजय लामिछानेजस्ता साच्चै फरक क्षमताका कर्मचारी अन्यायको भूमरीमा परिरहेका छन् ।
पछिल्लो समय दुबी आएकादेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म अपाङ्ग कोटाको सुविधा लिइरहेका छन् । तिनैले अपाङ्ग कोटाको लाभ उठाउन थालेपछि दुबै आँखा नदेख्ने, दुबै हात नभएका, खुट्टा नभएका÷नचल्ने वास्तविक अपाङ्ग मर्कामा परिरहेको गुनासो पोख्छन् ।