परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

 सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालको समर्थन भन्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले जीएसआई नगरेको जिकिर गरे ।

बिज्ञापन

चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा १४ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जीएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

बिज्ञापन

सचिव राईले नेपाल सधैँ आफ्नो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमा आफ्नो नीति अनुसार अघि बढ्ने बताए । तर प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तापछि चीनले जारी गरेको विज्ञप्तिमा नेपालले पनि जीएसआईमा समर्थन जनाएको उल्लेख छ।

परराष्ट्र सचिव अमृतबहादुर राईले भने, ‘ ‘चीनका जुन इनिसिएटिभहरु छन्, तीमध्ये ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्सलाई समर्थन गरेको छ। संयुक्त राष्ट्र संघमा यसको ग्रुप अफ फ्रेन्ड्स् जुन गठन भएको छ, त्यसमा नेपाल पनि संंलग्न छ। नेपाल अरु कुरामा नेपालले समर्थन जनाएको छैन। अरु कुराहरुमा नेपाल प्रवेश गरेको छैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुहोला।’मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ । परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टिकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।’

बिज्ञापन

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।

उनले अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने पनि बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सडक विभागका डीईहरूको सरुवा सूची तयार

सरुवामा मनपरी :एउटै पालिकामा शाखा अधिकृतको चार पटक सरुवा

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

आत्मचेतनाद्वारा जीवनको नैतिक रूपान्तरण

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

१७ सहसचिव,१३ उपसचिवको सरुवा

महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

बिशेष