उपभोक्ताको हितमा काम गरिरहेका महानिर्देशक पाँच महिनामै सरुवा,समावेशी आयोगमा थन्काइयो

उच्च पदस्थ सरकारी कर्मचारीको सरुवा कस्ले गर्दछ ? नीति थितिले वा व्यापारी र विचौलियाका दवावमा ?

बिज्ञापन

यस्तै व्यापारी तथा विचौलियाहरुको दवावमा एक सहसचिव हठात सरुवा भएका छन् । सरकारले हिजो ७२ जना सहसचिवको सरुवा गर्दा
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाल पनि सरुवामा परे ।

बिज्ञापन

गत फागुन २१ मा उद्योगमन्त्री दामोदर भण्डारीको मन्त्रिस्तीय निर्णयबाट सो विभागको नेतृत्व गर्न पुगेका दाहाल पाँच महिनामै त्यहाँबाट लखेटिएका हुन । सरकारले एकै पटक ७२ जना सहसचिवहरुको सरुवा गर्दा दाहाललाई राष्ट्रिय समावेशी आयोगतिर थन्काएको छ ।
यस अघि नेपाल ट्रष्टबाट उनलाई सो विभागको जिम्मेवारीमा लगिएको थियो । उनलाई दोह्रोएर विभागको डिजी बनाइएको थियो । आठ बर्ष अगाडि उपसचिवबाट खुला प्रतिस्पर्धामार्फत २०७३ सालमा सहसचिवमा सिफारिस भएपछि दाहालको सहसचिवको पदस्थापन नै वाणिज्य विभागको महानिर्देशकमा भएको थियो ।

त्यस समय चौधरी समूहको दवावमा उनी सरुवामा परेका थिए । दोह्रोएर विभागमा पुगेका दाहालले कन्सलटेन्सी,स्कुलदेखि उपभोक्ताहरुमाथि अत्याचार गर्दै आएका साना ठूला व्यापारी कोही नहेरी कडा रुपमा उत्रिएका थिए । एमआरपी अनिवार्य लागू तथा बजार अनुगमनमा कडाइ गर्दै ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइरहँदा उनलाई पाँच महिनामै सरुवा गरिएको हो ।
सहसचिव भए पछि दाहालले ११ महिना बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, एक वर्ष यातायात व्यवस्था विभागमा महानिर्देशक, ६ महिना राष्ट्रिय सूचना आयोगमा काम गरे । यस्तै १४ महिना बैदेशिक विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र केहि महिना लुम्बिनी प्रदेशकै यातायात मन्त्रालयको सचिव गरेर ११ महिना बिताए । त्यसपछि १४ महिना दाहाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, ७ महिना युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी सम्हाले भने त्यसपछि ७ महिना भूमि मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा रहेका उनी नेपाल ट्रष्ट हुँदै विभागमा पुगेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

बिशेष