यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् ।

बिज्ञापन

जसमध्ये निजामती सेवामा अवकाशपछि कुलिङ पिरियड लागु नगर्ने प्रस्ताव राखेका छन एमालेका सांसद गोपाल भट्टराई, इन्दिरा देवी गौतम, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पा लगायतले ।यिनै सांसदहरुले निजामती ऐन जारी भएको बर्ष अवकाशको उमेर हद ५९ बनाउन संशोधन हालेका छन् ।

बिज्ञापन

यस्तै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका छन् ।

माओावादी सांसदहरु सुरेश कुमार आलेमगर, उर्मिला अर्याल, गंगा कुमारी बेलवासे, गोपी बहादुर सार्की अछामी, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, तारामान स्वाँर, नरबहादुर विष्ट, मनरूपा शर्मा, राधेश्याम पासवान, रेनु चन्द र श्रीकृष्ण प्रसाद अधिकारीहरुले यस्तो प्रस्ताव राखेका हुन ।

बिज्ञापन

यस्तै कमलादेवी पन्त सहितका केही सांसदहरुले निजामती सेवाभित्र संघीय निजामती सेवा,संसद सेवा,नेपाल स्वास्थ्य सेवा,स्वास्थ्य सेवा,प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीलाई सम्झनुपर्नेछ भन्ने संशोधन प्रस्ताव हालेकी छिन् ।

यस्तै माओवादी सांसद सुरेश आले मगरले करारसेवाका कर्मचारीलाई स्थायी हुने मौका दिनुपर्ने संशोधन प्रस्ताव हालेका छन् । यस्का अलवा एउटै श्रेणीको देहायका पदमा बाह वर्ष बहाल रहिरहेको, पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा कम्तीमा नब्बे प्रतिशत अङ्क प्राप्त गरेको र दफा ११३ बमोजिम नकारात्मक सूचीमा नपरेको निजामती कर्मचारीलाई खरिदार तहका कर्मचारीलाई राजपत्रअनकिंत साहायक पाँचौं,नासु तहका कर्मचारीलाई सातौं तह,शाखा अधिकृतलाई अधिकृतस्तर नवौं तहमा बढुवाको प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बिशेष