चालु आर्थिक बर्षमा २२ सय ११ कर्मचारीले अवकाश पाउने भएका छन् । तल्ला तहकादेखि मुख्यसचिवसम्मका गरी २२ सय ११ कर्मचरीहरुले अवकाश पाउन लागेका हुन ।
निजामती किताबखानाले सार्वजनिक गरेको विवरण अनुसार यस आर्थिक बर्षमा १८ जना सचिव र ५० सहसचिवहरु अनिवार्य अवकाशमा जानेछन् ।
बिज्ञापन
किताबखानाको विवरण अनुसार चालु आर्थिक बर्षमा मुख्यसचिव एकनारायण अर्यालसहित ऊर्जा सचिव सुरेश आचार्य,गृहसचिव गोकर्णमणि दुवाडी,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदी,राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल,वाणिज्य सचिव डा रामप्रसाद घिमिरे,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी लगायतका सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् ।
बिज्ञापन
यस्तै साउन महिनामा ८,भदौं महिनामा चार,असोजमा पाँच,कार्तिकमा पाँच,मंसिरमा ६,पुसमा ३,माघमा तीन जना,फागुनमा तीन,चैत्रमा २ सहसचिव अनिवार्य अवकाशमा जानेछन् । यस्तै,वैशाखमा ८,जेठमा तीन र असार २ गरी ४९ जना सहसचिवहरु अवकाशमा जान लागेका हुन ।
विवरण अनुसार, साउन महिनामा मात्र ८ जना सहसचिव अवकाशमा जाँदैछन् । जसअनुसार,स्वास्थ्य मन्त्रालयमा कार्यरत ढुण्डीप्रसाद निरौला सात साउनदेखि अवकाशमा जाने भएका छन् । उनीझैं रविन्द्रप्रसाद देवकोटा ,परराष्ट्रमा कार्यरत तपस अधिकारी, अर्जुन गौतम,राजन नेपाल,राजेन्द्रप्रसाद भण्डारी, राष्ट्रपतिको कार्यालयमा कार्यरत शैलैजा रेग्मी भट्टराई र मेघनाथ तिमल्सेना लगायतका सहसचिवहरु ५८ बर्षे उमेर हद लागेर घर जाँदैछन् ।
यस्तै भदौं महिनामा चार सहसचिवहरु घर फर्कनेछन् । जसमा शंकर नेपाल, भदौ ४ गते सेवन्तराज दाहाल, उमाकान्त आचार्य र शंकर थापा मगर अवकाशमा जानेछन् ।
यस्तै असोज महिनामा पाँच जना सहसचिवहरु घर फर्कनेछन् । विवरण अनुसार सावित्री अर्याल, यज्ञ कोइराला, लेखराज दाहाल, प्रेमदत्त भट्ट र किरण थापा अवकाशमा जान लागेका सहसचिवहरु हुन ।
यस्का अलवा कार्तिक महिनामा दामोदर गौतमम, कविराज पौडेल, नरबहादुर थापा, यज्ञप्रसाद ढुंगेल र बद्रीनाथ अधिकारी गरी पाँच जना सहसचिव घर फर्किनेछन ।
मंसिर महिनामा हाल गृहको बरण्डामा रहेका लालबावु कवारीका अलवा ज्ञानप्रसाद ढकाल, सलिना मानन्धर, गोपाल कोईराला, ईन्द्रप्रसाद बस्याल र कुमारप्रसाद दाहाल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका हुन्।
बिज्ञापन
यस्तै पुस महिनामा भरतमणि रिजाल, इन्द्रप्रसाद आचार्य र नविनमान श्रेष्ठ गरी तीन जना सहसचिवहरु घर फर्किनेछन् ।
माघ महिनामा सहसचिवहरु दिलिप गौतम, केशवराज ढकाल र कमलराज जोशी गरी तीन जना सहसचिव उमेर हद लागेर घर जानेछन् भने फागुनमा पुण्यबिक्रम पौडेल,राजनराज घिमिरे र गंगाराज खरेल ५८ वर्ष लागेर अवकाशमा जानेछन् । यस्तै चैत्रमा सहसचिवद्वय बासुदेव रेग्मी र भिमार्जुन पाण्डे,आगामी बर्ष वैशाख महिनामा शिवराम पोखरेल, अरुणकुमार कटुवाल, थानप्रसाद पंगेनी, दीर्घराज मैनाली, इन्द्र बिलास पौडेल, प्रेमप्रसाद भट्टराई, पुष्कर न्यौपाने र धनबहादुर वली अवकाशमा जानेछन् ।
यस्तै जेठमा भरत गौतम, बलसागर गिरी,अमृत श्रेष्ठ अवकाशमा जानेछन् भने असार महिनामा रामुराज कडरिया र ध्रुव गिरी गरी ५० भन्दा बढी सहसचिवहरु अवकाशमा जाने भएका हुन । संघीय निजामती सेवा कानुन असार मसान्तभित्रै जारी भएको भए यी सहसचिवहरुले १ वर्ष जागिर लम्बिने थियो ।
१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश