कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छलछाम छानबिन गर्नका लागि गठन भएको समितिको वैद्यतामाथि नै प्रश्न चिन्ह उठेको छ ।
बिज्ञापन
प्रतिनिधि सभा नियमावलीले नै नचिन्ने गरी सो विशेष समितिमा संयोजक पद राखेको पाइएसँगै सो बिषयमा समितिका सदस्यहरुबीच गहन छलफल भएको छ । सरकारले कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडी छानबिन गर्नका लागि काँग्रेसका सह महामन्त्री जीवन परियारको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको थियो । कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा देखिएको त्रुटि अध्ययन गर्न सभामुख देवराज घिमिरेले परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका थिए । सो समितिमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेका छन् ।
बिज्ञापन
संसद्को नियमावली, २०७५ को नियम १८ बमोजिम गठन गरिएको उक्त समितिको संयोजक पदलाई प्रतिनिधि सभा नियमावली ०७९ ले चिन्दैन,सो समितिका एक सदस्यले भने । यो बिषयमा गठन भएकै दिन सभामुखसँग हामीले प्रश्न राखेका थियौं किन सभापति नभनेर संयोजक भनियो ? तर सो प्रश्नमा सभामुख अल्मिलिनु भयो । संसदका महासचिव पद्यम प्रसाद पाण्डेले भने राज्य व्यवस्था समितिको पनि सभापति र संसदीय छानबिन समितिको पनि सभापति भन्ने हुँदैन भन्ने जबाफ दिएका थिए ।
बिज्ञापन
समितिका सदस्यहरुका अनुसार संयोजक पद उपसमितिका लागि दिइन्छ । जस्तो यही अघि राज्यव्यवस्था तथा सुशासन समितिले उपसमिति बनाएको थियो । निजामती विधेयकमाथि छलफल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । बडूलाई संयोजक तोकिएको थियो । कुनै पनि संसदीय छानबिन समितिमा सभापतिको व्यवस्था गरेको छ, नियमावलीले । केही अगाडि सूर्य थापा सभापति रहेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको थियो । नियमवली अनुसार यसरी गठन हुने अधिकांश समिति तथा विशेष समितिमा सभापति भनिएको हुन्छ ।प्रतिनिधि सभाको नियमावलीको नियम १८० अनुसार बनेको विशेष समितिको नेतृत्वकर्ताको पद सभापति नै हुनुपर्ने अडानमा छन्, समितिका सांसदहरूको छ।
तर,हालै गठन भएको छानबिन समितिको संयोजक पदलाई प्रतिनिधि सभा नियमावली ले नै चिन्दैन । भोलि समितिले यो बिषयमा छानबिन गरेर प्रतिवेदन बनाउला । सो समितिले गरेको कामकारवाही नियमावली विपरित भयो भनेर प्रश्न उठ्न सक्छ । सोही कारण प्रतिनिधि सभाको नियमावलीको नियम १८० अनुसार बनेको विशेष समितिको नेतृत्वकर्ताको पद सभापति नै हुनुपर्ने संयोजक मान्य नहुने अडानमा छन्,समितिका सदस्यहरु । यो बिषयमा सभामुख देवराज घिमिरेसँग आज बिहान ११ बजे सो समितिका सदस्यहरुले भेटेर थप छलफल गर्ने भएका हुन ।
सो समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिएको छ । हिजो बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो । सो कार्यविधि अब अन्तिम चरणमा पुगेको छ । अब पारित गर्न मात्र बाँकी छ । जीवन परियारलाई सभापतिका रूपमा उल्लेख नगरेसम्म समितिको कार्यविधि नै पास नगर्ने अडान सांसदहरूले लिएका छन्।
हिजोको छलफलमा समितिको सचिव सुरज कुमार दुराले राजीनामा दिने तर उही प्रकृतिको कमजोरीमा सभापति रामहरि खतिवडाले राजीनामा नदिएको बिषयमा समेत जोड तोडका साथ कुरा उठेको छ ।