कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारीहरु एक पछाडि अर्काे भ्रष्टाचार काण्डमा मुछिँदै आएका थिए हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । यस्तै बदमासीमा डामिएका कर्मचारीमध्ये एक जेलमा छन् । अर्को प्रहरीको खोरमा केही समय बसेर फेरि कार्यालयको जिम्मेवारीमा फर्किएका छन् । घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिढिमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । यस्तै अघिल्लो सातामात्र चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका थिए पछि उनी छुटे त्यहाँबाट । यी र यस्ता घटनाक्रमहरु सेलाउन नपाउँदै फेरि अर्काे कर्मचारीको परस्त्रीसँगै रंगेहात पक्राउ परेका छन् ।
बिज्ञापन
कर्मचारीलाई जागिरमा राख्न सकिने तर निकाल्न नसकिने ऐन र कानुनका कारण निजामतीमा दण्डहीनताले यसरी प्रश्रय पाउँदै छ कि कर्मचारीको शाख ‘माटोमा विलय’ हुँदैछ । जस्तो हिजोमात्र भूमिसुधार तथा मालपोत कार्यलय सिरहाका कर्मचारी राजकुमार रायलाई महिलासँग आपत्ति जनक अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले दिउँसो सिरहास्थित एक घरबाट प्रहरीले आपत्ति जनक अवस्थामा महिलासहित पक्राउ गरेको छ । राय एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्ष समेत हुन ।
बिज्ञापन
केही अगाडिमात्र पुल्चोकस्थित एउटा सरकारी कार्यालयमा यस्तै उप्रदो मच्चाएका छन्,एक कर्मचारीले । करार सेवाको महिला कर्मचारी च्यापेर एक उपसचिव फिल्ड अनुगमनमा निस्कन्छन् । सिन्धुपाल्चोक जिल्लास्थित कार्यालय अनुमगनका लागि निस्किएको गाडी गाडी विग्रन्छ,धादिङ्गको गल्छीमा । यही पछि शुरु भएको लफडामा उल्टै अधिकृत,उपमहानिर्देशकदेखि महानिर्देशकसम्म हात हालाहालको तहमा पुग्यो । यद्यपि यस्ता नैतिकहिन कर्मचारीलाई बर्खास्त गर्ने कानुन छैन । त्यही कारण कर्मचारीलाई जे गरे पनि छुट छ ।
उसो त केही अघिमात्र कार्यालयमै लेखा अधिकृतसँग यौनजन्य गतिविधि गर्ने हाकिम काजीमान राई र रेश्मा राई,क्वार्टरमै यौनजन्य हर्कत गरेर विवादमा तानिए । यस्तै गरी क्वार्टरमै यौनजन्य हर्कत गरेर बदनामी कमाएका डमरु निरौला अहिले पनि मालपोतको हाकिम छन । यस्तै यौनकाण्डमा मुछिएका यज्ञमूर्ति भण्डारी, झापाको शान्तिनगर स्वास्थ्य चौकीका सिनियर अहेब दीपक सापाकोटा आफ्नै शाखाको कर्मचारीसँग रंगेहात फेला परेको घटनाहरु सेलाएका छैनन् ।
बिज्ञापन
गत बर्षमात्र काठमाडौंमा घर भएका रोशन अधिकारीले अधिकृतमा नाम निकालेपछि उनको पहिलो पोष्टिङ नै दार्चुलाको मार्मा गाउँपालिकामा भयो । उनैले वैदेशिक रोजगारसम्बन्धी छात्रवृत्तिमा स्नातकोत्तर तह पढ्ने अवसर पनि पाएका थिए तर त्यहाँबाट सरुवा नमिलेपछि आफू बस्दै आएको सरकारी क्वार्टरमा आफैंले आगो झोसे । यस्तो गम्भीर अपराधमा मुछिएका उनी डेढ लाख धरौटी तिरेर उन्मुक्ति पाइसकेका छन् ।
पछिल्लो समयमा झण्डै एक दर्जन सरकारी उच्च अधिकारीहरु यौन काण्डमा मुछिए,कोही बलत्कारकै आरोपमा पक्राउ परे । तर तीमध्ये एक जना मात्र अहिले जेलभित्र छन्,बाँकी कर्मचारीलाई न स्पष्टीकरण सोधियो न त नसिहत नै दिइयो ।
निजामती सेवा ऐन ०४९ मा सजायसम्बन्धि व्यवस्था गरिएको छ । ऐनको दफा ५९ ले सामान्य सजाय अन्र्तगत नसिहत दिने,दुईदेखि पाँच बर्षसम्म बढूवा रोक्का गर्नेदेखि तलब बृद्धिसम्म रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तसम्म गर्न सक्ने व्यवस्था ऐनमा भए पनि कार्यन्वयन नगर्ने वा कर्मचारीलाई बचाउमा लाग्ने परिपाटीले निजामती वृत्तमा दण्डहिनता मौलाउँदै गएकोप्रति चिन्ता पोख्छन्,उच्च सरकारी अधिकारीहरु नै ।
१४६ दफासहितको संघीय निजामती सेवा विद्येयक संसदीय समितिबाट पारित गरी प्रतिनिधि सभामा पठाउने अन्तिम तयारी हुँदैछ । तर,,सो ऐनमा समेत कर्मचारीका सेवा सुविधाका कुरामात्र छन् । दण्ड र नसिहतका कुरा कहिँ कतै छैन । उल्टै भ्रष्टाचार सम्बन्धी ऐनमा भ्रष्टाचार मुद्धा चल्ने वित्तिकै कर्मचारीलाई निलम्बन नहुने कानुन बनाएर ‘छाडा साढे’ बनाउन सांसदहरुले नै सघाइरहेको टिप्पणी गर्दछन्,एक पूर्व प्रशासक ।