मालपोत कार्यालयमा ११ उपसचिवको सरुवा

  सरकारको तर्फबाट मालपोत कार्यालयमा कार्यरत ११ जना उपसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरुवासम्बन्धी निर्णय सार्वजनिक गर्दै विभिन्न जिल्लाका मालपोत कार्यालयमा कार्यरत उपसचिवहरूको कार्यक्षेत्र परिवर्तन गरेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार शेरबहादुर भण्डारीलाई धरान मालपोत कार्यालयबाट विराटनगर मालपोत कार्यालयमा खटाइएको छ। त्यसैगरी, दीपककुमार निरौला दमकबाट धुलिखेल मालपोतमा, दीपक कोइराला धुलिखेलबाट बेलबारी मालपोतमा सरुवा भएका छन्।

बिज्ञापन

मनोजकुमार शैनीलाई चितवनको खैरहनीबाट भैरहवा मालपोतमा, खेमनारायण पौडेललाई भैरहवाबाट बागलुङ मालपोतमा पठाइएको छ। मदन घिमिरे बेलबारीबाट इनरुवा मालपोतमा, र खिमानन्द आचार्य बागलुङबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा तानिएका छन्।

यसैगरी, विष्णुप्रसाद निरौलालाई हरिवन सर्लाहीबाट धरान मालपोतमा खटाइएको छ भने लिलामणि न्यौपानेलाई चन्द्रगढी मालपोतबाट अन्यत्र पठाइएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, राजेशप्रसाद पोखरेल चन्द्रगढीबाट हरिवन मालपोतमा र राजेन्द्रप्रसाद पौडेल कास्की लेखनाथबाट चितवनको खैरहनी मालपोत कार्यालयमा सरुवा भएका छन्।

बिज्ञापन

मन्त्रालयले सरुवालाई नियमित प्रशासनिक प्रक्रिया भन्दै कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउने उद्देश्य राखिएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

बिशेष