भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थ भट्टराई नै अख्तियारको रडारमा तानिएसँगै त्रिवि विमानस्थल अध्यागमनबाट कर्मचारीहरुको भागाभाग शुरु भएको छ । यस अघि अध्यागमन विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा जान कर्मचारीहरूको तछाडमछाड हुने गर्दै आएको थियो ।जब जब अख्तियार तात्छ,तब तब यो कार्यालयमा यस्तो घटना देखिदैं आएको छ । यस अघि नरवीर खड्का लगायतमाथि मुद्धा चल्दा यसैगरी कर्मचारीहरु भागाभाग चलेको थियो । अहिले माथिबाटै प्रहार भएपछि फेरि उस्तै घटनाक्रम दोहोरिएको बताउँछन्,कर्मचारीहरु ।
बिज्ञापन
मन्त्री,गृहको कर्मचारी प्रशासन र मन्त्रीको सचिवालयलाई मोटो रकम पेलेर अध्यागमनमा पुग्न,एक पटक त्यहाँको स्वाद पाए पछि कतिपय अधिकृतहरु दोहोर्याएर मात्र होइन तेहेर्याएर पनि त्यहाँ कार्यरत रहँदै आएका थिए । सिस्टममा चलाइने हो भने सबै अधिकृतहरु एक पटक अध्यागमन काम गर्ने अवसर पाउँथे तर सेटिङ कलामा निर्पूण एकै जना कर्मचारीहरु सो कार्यालयमा एक पटकमात्र होइन पटक पटक त्यहाँ बसेर चलखेल गरे । यसरी अध्यागमनमा दोहोरिएर मात्र होइन तेहेरिएर काम गर्ने अधिकृतहरुमा आनन्द विष्ट,अम्बिका खत्री,कुमारी जानकी,गणेशविक्रम शाह, चञ्चल खड्का, चिरञ्जीवी जीएम,दीपेश बिँडारी,दीपक पाण्डे, सीताराम शर्मा, सुन्दर वान्तवा, सुवास शर्मा पौडेल, सन्देश जोशी, शम्भु ठगुल्ला, सुरेन्द्र थापा, मार्सल पन्त,प्रभा अर्याल, रेश्मा बुढाथोकी, लोकेन्द्र विष्ट, लोकहरि थापा, दुर्गा थापा, , मुना कुँवर, ज्योत्स्ना भट्ट, , , हरि पोखरेल, दीपेन्द्र शाही, सुजन ब्लोन लगायतको नाम आउँछ ।
बिज्ञापन
कतिपय अधिकृतहरुको अनुसार एक बर्ष अध्यागमनमा काम गर्न पाउँदा झण्डै एक करोड हाराहारी रकम आर्जन गर्न सकिने भएका कारण यो कार्यलय कर्मचारीहरुको लागि सबैभन्दा आकर्षक अड्डाको रुपमा रहँदै आएको छ । त्यहाँ बसेर निस्किएका अधिकृतहरुका अनुसार,यसरी खेतीपाती गर्नका लागि त्यहाँ टिम नै बनाइएको हुन्छ र सो टिममार्फत घुस रकम बाँडफाँड हुँदै आएको छ । सो को हिसाब बार्षिक लाखमा होइन,करोडमा पुग्छ । त्यही कारण कतिपय कर्मचारीहरु सबै शक्ति लगाएर अध्यागमन कार्यालयमा पुग्दै आएका थिए । कर्मचारी सरुवालाई पारदर्शी र प्रभावकारी बनाउनका लागि यस अघि पटक पटक मापदण्डहरु नबनाइएको होइन तर ती मापदण्ड कागजीमात्र बनाइयो । जसरी सिडियोको सरुवालाई प्रभावकारी बनाउन भन्दै मापदण्ड बनाइएको थियो उसैगरी अध्यागमनमा पनि कर्मचारी खटन पटन गर्दा केही आधार र मापदण्ड तय गरिएको थियो तर मन्त्री,सचिव,सचिवालय,कर्मचारी प्रशासनसँगको मिलमतोमा उक्त मापदण्डलाई कागजीमै सीमित गराइदैं आएको छ ।
अध्यागमन कार्यालयमा सरुवा भएर जानका लागि गृह मन्त्रालय वा मन्त्रालय मातहतका निकायमा सम्बन्धित पदमा कम्तीमा १ वर्ष सेवा गरेको र निजामती सेवाको सम्बन्धित पदमा २ वर्षको कार्य अनुभव भएको कर्मचारी हुनुपर्ने उक्त मापदण्डमा उल्लेख छ । त्यसैगरी, अंग्रेजी भाषामा दोहोरो संवाद गर्नसक्ने क्षमता हुनुपर्ने, कम्प्युटर सञ्चालन गर्न जान्ने र सूचना प्रविधिको आधारभूत ज्ञान हुनुपर्ने, सञ्चार सीप र समन्वयात्मक क्षमता भएको हुनुपर्ने आधार उक्त मापदण्डमा तोकिएको छ । यस्का अलवा अध्यागमन कार्यालयमा एकपटक वा पटक पटक गरी २ वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारी वा अन्य निकायमा सरुवा भएको २ वर्ष पूरा नभएका कर्मचारीलाई पनि नखटाइने उल्लेख छ । त्यसबाहेक अनिवार्य अवकाश हुन २ वर्षभन्दा कम समय बाँकी भएका कर्मचारीलाई पनि नखटाइने उल्लेख भए पनि गृहमन्त्री रमेश लेखक,गृह सचिव गोकर्णमणि दुवाडी,छवि रिजाल,बद्री तिवारीको समूहलाई प्रभावमा पारेर केही अधिकृतहरु मोटो रकम बुझाएर त्यहाँ पुगेका थिए ।
बिज्ञापन
भिजिट भिसा प्रकरणमा तिर्थभट्टराई तान्नु अघि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नायब सुब्बाको स्वीकृत दरबन्दी ९ जना रहेकोमा २४ जनासम्म कार्यरत थिए । अहिले यो सख्या १० मा सीमित छ । यस्तै अध्यागमन अधिकृतको स्वीकृत दरबन्दी १२१ रहेकोमा कुनै समय १४२ जनासम्म कार्यरत रहेकोमा अहिले ११९ जना मात्र कार्यरत रहेका छन् । दुई जना अधिकृत भोलिसम्ममा पठाइने तयारी भइरहेको छ । उपसचिव ६ जनाको दरबन्दी रहेकोमा त्यहाँ ८ उपसचिव कार्यरत रहेको छ ।तिर्थ भट्टराई प्रकरण बाहिरिएसँगै अध्यागमनका नासु र अधिकृतहरु सरुवा मागेरै त्यहाँबाट हिडेका छन् ।