गृहमा मन्त्री लेखक र सचिव दुवाडीको सुशासन : कार्यविधि एकातिर,सरुवा अर्काेतिर

सिनियर सहसचिवलाई पहाड,हिमालतिर,भर्खरै बढूवा भएकालाई तराई र कमाउ जिल्लामा पोष्टिङ्ग । यस्तो देखिएको हो गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीको शासनमा ।

बिज्ञापन

कास्की जिल्ला प्रशासन ताकेर त्रिवि अध्यागमनबाट गृहमा भित्रिएका तिर्थराज भट्टराई अख्तियारको ‘राडर’मा परेर अहिले टंगाल धाइरहेका छन् । भट्टराईले आँखा लगाएको कास्कीमा रुद्रादेवी शर्मालाई खटाइएको छ,बर्दियाबाट । बर्ष दिन नपुग्दै कास्कीबाट भरतमणि पाण्डेलाई मन्त्रालयमा फिर्ता बोलाएर जगेडामा राखिएको छ । यस्तै बरण्डामा रहेका सुरेन्द्र पौडेललाई बर्दिया,शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा रामुराज कडरीया बरण्डामा थपिएका छन् । यस अघि नवलपरासीको प्रमुख जिल्ला अधिकारी हुँदा डलरे अर्वपतिविनोद चौधरीका कारण लखेटिएका अरुण पोखरेललाई पेलेर पाँचथरतिर पु¥याइएका छ । यसरी सिनियर सहसचिवहरु पेलानमा परेर पहाड,हिमाली जिल्लातिर लखेटिँदा मन्त्रीका दाहिना हात,सचिवालयमा नगद व्यवस्थापन गर्ने जुनियरहरुलाई तराई र सुगम जिल्लामा खटाइएको छ । अर्को रमाइलो चाहिँ गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा परिपत्र ग¥र्यो, बरण्डामा रहेका कर्मचारीलाई तीन दिनभित्र जिम्मेवारी दिने सम्बन्धमा । तर,गृह प्रशासन चलाउनेलाई कर्मचारी व्यवस्थापनमा कति सकस देखिदैंछ भने ६ सहसचिव सरुवा गर्दा २ जना बरण्डामा तानिएको छ,उल्टै । गृहको अतिरिक्त समूहमा अझैं प्रेमप्रसाद भट्टराई,नेत्र प्रसाद सुवेदी,केदारनाथ शर्मा,वाशुदेव दाहाल,सुनिता नेपाल,बुद्धबहादुर गुरुङ्ग,लालबाबु कवारी,तिर्थराज भट्टराई,भरतमणि सुवेदी,रामुराज कडरीयाहरु थपिएका छन् ।

बिज्ञापन

यसरी सहसचिवलाई बेकामे बनाएर कार्यविधि विपरित फष्ट क्लास अफिसरकै दरबन्दी भएका सात जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् । गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि बनाएको थियो २०८० मा,सो कार्यविधिले ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ । तर कागजीमात्र,कार्यन्वयन छैन ।

अहिले डोटीमा मोहनराज जोशी,वैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने, जुम्लामा राम बहादुर शाही, सल्यानमा सावित्रा पुन प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् । ती सबै उपसचिवहरु हुन । ती ‘डन’उपसचिवलाई गृहले फिर्ता बोलाउन सकेको छैन । कार्यविधि विपरित डोटीमा २०८१ कार्तिक १२ गतेदेखि मोहनराज जोशी, बैतडी खटिएका उपाध्याय ८१ कार्तिक १२ गतेदेखि,काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने २०८१ भाद्र २४ गतेदेखि, जुम्लामा राम बहादुर शाही अघिल्लो बर्षको असोज ९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै गरी सल्यान जिल्ला प्रशासनको नेतृत्व सावित्रा पुनले गरिरहेकी छिन्,गत पुस २८ गतेदेखि ।

बिज्ञापन

यस्का अलवा केही शक्तिशाली सहसचिवलाई क जिल्लाबाट क जिल्लामै घुम्ने अवसर पाएका छन् । कार्यविधिले त्यसलाई बर्जित गरेको छ । अर्थात ‘क’वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई तत्काल ‘क’ वर्गको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन’ भनिएको छ । तर सहसचिवहरु गणेश अर्याल, धर्मेन्द्र मिश्र र इन्द्रदेव आचार्य यस्ता पावरफूल कर्मचारीहरु हुन,उनीहरुको हकमा कार्यविधि लागू भएन । अर्याल रुपन्देहीबाट पर्सा, मिश्र कैलालीबाट सुनसरी र यादव चितवनबाट मोरङमा सरुवा पाएका छन् । यस्तै लेख्नका लागि त कार्यविधिमा सहसचिव बढुवा हुने वित्तिकै कर्मचारीलाई ‘क’वर्गको जिल्लामा नपठाइने भनिएको छ तर कागजीमात्र ।
उपसचिव हुँदा रमेश लेखकको नीजि सचिव रहेका सूदुरपश्चिमेली धर्मराज जोशीले बढूवा लगतै पहिलो पोस्टिङ नै बाँके जिल्ला भेटेका छन् । यस्तै चितवनमा पोस्टिङ्ग पाएका प्रकाश पौडेल उही क्याटागोरीका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब स्थानीय तहले करार र ज्यालादारी कर्मचारी भर्ती गर्न नपाइने

‘चोरबाटो’ बाट प्रत्येक सांसदलाई २१ करोडको योजना

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

झापामा मनसुनजन्य जलप्रकोप न्यूनीकरणका लागि संयुक्त अभ्यास सम्पन्न

भ्रष्टाचार मुद्धा चलेपछि स्वत: निलम्बनमा परे सहसचिव र उपसचिव

बैंकका पाँच कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

पतञ्जलीको जग्गा प्रकरण : खरिदारदेखि पूर्व मुख्यसचिवसम्म प्रतिवादी (नामसहित)

बिशेष