हनीट्रयापमा परे ५७ वर्षका कर्मचारी

पछिल्लो समय हनी ट्रयापका घटनाहरु बढ्दै गएका छन् । सर्वसाधरणमात्र होइन,यो पासोमा प्रशासक,शासक,सुरक्षाकर्मी,नेताहरु नै फस्दै गएका छन् । यस्तै टीकटक गर्लको हनी ट्रयापमा परेका छन् सरकारी कर्मचारी ।

बिज्ञापन

अवकाशका मुखमा पुगेका ती कर्मचारी हनी ट्रयाप परेका छन् । काठमाडौँमा घर जग्गा,पर्याप्त सम्पत्ति र खर्चालु जीवनशैली बिताउँदै आएका ती कर्मचारीको समाजिक सञ्जाल (फेसबुक)मा  ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट युवतीको सुन्दर तस्वीर देखे पछि दायाँ बायाँ हेर्दैनन्,मित्रता स्वीकार्छन ।  ती कर्मचारी सामाजिक सञ्जालमा  महिलासँग जोडिन्छन् ।

बिज्ञापन

हाई हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । टीकटक गर्लले कफीको प्रस्ताव गर्दछिन् । त्यसपछि मोवाइल नम्बर आदान प्रदान हुँदै ठमेलको एउटा होटलमा भेट्ने सल्लाहसम्म पुग्छन् ।

पहिलो भेटमा कफी खाएर छुट्टिएका उनीहरुको दोश्रो भेट ठमेलमा हुन्छ । ठमेलमा भएको भेटघाटको केही दिनपछि  तिनै महिलाले ती कर्मचारीको नग्न फोटो र भिडिओ देखाएर काठमाडौँमा घर नभए चार आना जग्गा माग्न थाल्छन् । माग गरे अनुसार जग्गा जमिन नदिए यौन शोषणको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गर्ने थालेपछि पाँच लाख दिएर उम्किएका  उनी तनावमा डुब्छन्, पुग्छन्, उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्छन् र निवेदन दिन्छन् । निवेदनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुई महिलालाई बुधबार पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन्। ममता हाल काठमाडौँको कालोपुल र आँचल हाँडीगाउँ बस्दै आएकी थिइन्।

मुलुकी अपराध संहिताअनुसार आपराधिक लाभसम्बन्धी ‘हनी ट्रयाप’ जस्तो कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

बिशेष