हनीट्रयापमा परे ५७ वर्षका कर्मचारी

पछिल्लो समय हनी ट्रयापका घटनाहरु बढ्दै गएका छन् । सर्वसाधरणमात्र होइन,यो पासोमा प्रशासक,शासक,सुरक्षाकर्मी,नेताहरु नै फस्दै गएका छन् । यस्तै टीकटक गर्लको हनी ट्रयापमा परेका छन् सरकारी कर्मचारी ।

बिज्ञापन

अवकाशका मुखमा पुगेका ती कर्मचारी हनी ट्रयाप परेका छन् । काठमाडौँमा घर जग्गा,पर्याप्त सम्पत्ति र खर्चालु जीवनशैली बिताउँदै आएका ती कर्मचारीको समाजिक सञ्जाल (फेसबुक)मा  ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट युवतीको सुन्दर तस्वीर देखे पछि दायाँ बायाँ हेर्दैनन्,मित्रता स्वीकार्छन ।  ती कर्मचारी सामाजिक सञ्जालमा  महिलासँग जोडिन्छन् ।

बिज्ञापन

हाई हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । टीकटक गर्लले कफीको प्रस्ताव गर्दछिन् । त्यसपछि मोवाइल नम्बर आदान प्रदान हुँदै ठमेलको एउटा होटलमा भेट्ने सल्लाहसम्म पुग्छन् ।

पहिलो भेटमा कफी खाएर छुट्टिएका उनीहरुको दोश्रो भेट ठमेलमा हुन्छ । ठमेलमा भएको भेटघाटको केही दिनपछि  तिनै महिलाले ती कर्मचारीको नग्न फोटो र भिडिओ देखाएर काठमाडौँमा घर नभए चार आना जग्गा माग्न थाल्छन् । माग गरे अनुसार जग्गा जमिन नदिए यौन शोषणको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गर्ने थालेपछि पाँच लाख दिएर उम्किएका  उनी तनावमा डुब्छन्, पुग्छन्, उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्छन् र निवेदन दिन्छन् । निवेदनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुई महिलालाई बुधबार पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन्। ममता हाल काठमाडौँको कालोपुल र आँचल हाँडीगाउँ बस्दै आएकी थिइन्।

मुलुकी अपराध संहिताअनुसार आपराधिक लाभसम्बन्धी ‘हनी ट्रयाप’ जस्तो कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ यताका गृहमन्त्री : कोही बदनाम,केही गुमनाम

अख्तियारले छापा हानेको रिसमा एमाले निकट कर्मचारी छानी छानी सरुवा,’कोर टिम’का कर्मचारी कोही चलाइएन्

अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा

अस्तित्व जोगाउने प्रयासमा हुलाक:- कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

सदाचार र सुशासन : प्रभावकारी राष्ट्र निर्माणका आधारहरू

शिशिर बुढाथोकीको गजल – उजाड हुन दिन्न जिन्दगीलाई

हनीट्रयापमा परे ५७ वर्षका कर्मचारी

भ्रष्टाचार मुद्धामा सफाई,लगतै गृहमन्त्रीको ‘कोर टिममा’

बिशेष