पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा सैन्य तालिम लिएका नेपाली सेनाका पूर्वअधिकृतहरुको काठमाडौंमा भेला भएको छ । पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थाबाट तालिमप्राप्त उनीहरुको भेला नेपालस्थित पाकिस्तानी राजदूतावासले हिजो आयोजना गरेको हो ।

बिज्ञापन

भेलामा भूतपूर्व प्रधानसेनापति गौरवसमशेर राणा प्रमुख अतिथि र अर्का भूतपूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि थिए । पाकिस्तानको राष्ट्रिय रक्षा विश्वविद्यालय ९एनडीयु० का पदाधिकारी पनि भेलामा सरिक थिए ।

बिज्ञापन

दूतावासका रक्षा सहचारी मोहम्मद अली अल्भीले नेपाल र पाकिस्तानी सेनाबीचको सोहार्द्रपूर्ण सम्बन्धबारे चर्चा गर्दै नेपाली सेनाको क्षमता विकासलगायत कार्यमा पाकिस्तानको निरन्तर सहयोग रहने प्रतिबध्दता जनाए । त्यस्तै, प्रमुख अतिथि राणाले पाकिस्तानी संस्थामार्फत नेपाली सेनाको क्षमता अभिबृध्दिले समग्र सेनामा ठूलो मूल्य बोकेको बताए ।

भेलामा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मीले दुवै देशका जनता, सरकार र सेनाबीच आपसी विश्वास र द्विपक्षीय सहअस्तित्वको सहकार्यले सम्बन्ध बलियो बनाउने उल्लेख गरे । दुई मुलुकका सेनाबीचको सम्बन्ध निरन्तर विकसित हुने र यसले नयाँ उचाई छुने उनको विश्वास छ ।

बिज्ञापन

राजदूतले पाकिस्तानमाथि भारतको अप्रत्यासित आक्रमणको निन्दासमेत गरे । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत पाकिस्तानको सार्वभौम सत्तामा धावा बोलेको र संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अनुसार सबै शक्तिको प्रयोग गरेर स्वतन्त्रता र सार्वभौम सत्ता जोगाइने उनको ठहर छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष