धितोपत्र वोर्डमा अख्तियारको छापा,८९ कम्पनीका कागजात जफत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र वोर्डमा छापा हानेको छ । हिजोमात्र उर्जा व्यवसायीहरुले आइपिओ निस्कासन स्वीकृतिका लागि कमिसन माग गरेको भन्दै अख्तियारमा उजुरी दिएका थिए,प्रमाणसहित ।

बिज्ञापन

सोही उजुरीका आधारमा अख्तियारले आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ । आइपीओ निस्कासनका लागि पाइपलाइनमा छन्,८९ कम्पनी तिमध्ये ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेका छन् । एक जलविद्युत कम्पनीको हालैमात्र आइपीओ जारी भइसकेको छ बाँकी ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो ।

बिज्ञापन

आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय संसद,मिडिया हुँदै अख्तियारसम्म उजुरी परेपछि अख्तियारले त्यहाँ छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।

अख्तियारको उपसचिवको नेतृत्वको ३ सदस्यीय टोली दिउँसो खुमलटारस्थित वोर्डको कार्यालयमा पुगेको थियो ।

बिज्ञापन

अख्तियारको टोलीले वोर्डमा चार घण्टा समय बिताएको जनाइएको छ । अख्तियारबाट गएको टोलीले वोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, बोर्डका नियमन विभागका प्रमुख रहेका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ लगायतका जिम्मेवार कर्मचारीसँग ४ घण्टा समय विभिन्न बिषयमा प्रश्नहरु गरेको थियो । सो पछि पाइप लाइनमा रहेका ८९ कम्पनीको महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर साँझ अख्तियारको टोली खुमलटारबाट टंगालतिर हिडेको जनाइएको छ ।

विचौलिया परिचालन गरेर अध्यक्षले मागे सात प्रतिशत कमिसन,प्रमाणसहित अख्तियार पुग्यो उजुरी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष