विचौलिया परिचालन गरेर अध्यक्षले मागे सात प्रतिशत कमिसन,प्रमाणसहित अख्तियार पुग्यो उजुरी

व्यापारी र विचौलियाको जोडबलमा धितोपत्र वोर्डको नेतृत्वमा पुगेका व्यक्ति हुन सन्तोषनारायण श्रेष्ठ । स्याङ्जा हुँदै बुटवल झरेका उनै श्रेष्ठ गत मंसिरदेखि धितोपत्र वोर्डको अध्यक्षको कुर्सीमा छन् । उनी सो जिम्मेवारीमा पुगेको पाँच महिना पूरा भइसकेको छ । यो बीचमा आइपिओ निस्कासनका लागि पाइपलाइनमा झण्डै ८० बढी कम्पनीहरु छन् । तिनै कम्पनीहरुबाट आइपिओ अनुमति दिनु अगाडि खुलेआम कमिसन माग गरेको बिषय संसद,संसदीय समिति तातेको छ भने व्यवसायीहरुले प्रमाणसहित उजुरी दिएका छन्,अख्तियारमा ।

बिज्ञापन

विचौलियाका रुची अनुसार धितोपत्र वोर्डका अध्यक्ष बनेका सन्तोष नारायण श्रेष्ठले जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि कमिसन मागेको बिषयले संसद तातेको छ ।  आइपिओ अनुमतिका लागि वोर्ड अध्यक्ष श्रेष्ठले विचौलियाहरु नै परिचालन गरेर कमिसन मागेको बिषय  ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको बिषय सदनमा उठाएका छन्,सांसदहरुले ।

बिज्ञापन

बोर्डमा ८९ कम्पनीले ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १ सय ३२ रुपैयाँ बराबरको आईपीओ अनुमतिका लागि आवेदन दिएका छन् । तीमध्ये सबैभन्दा धेरै जलविद्युत् समूहका ४३ कम्पनी छन् । श्रेष्ठले विचौलिया परिचालन गरेर ठूला जलविद्युत् आयोजनामा ५ प्रतिशत र साना आयोजनाको ७ प्रतिशत कमिसन माग गर्न थालेको उजुरी प्रमाणसहित व्यवसायीहरुले अख्तियारमा दर्ता गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले आइपीओको अनुमतिका लागि बोर्डले साना जलविधुत परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसन माग्ने गरेको भन्दै यस बिषयमा छानविन गर्न माग गरेका हुन् ।

बिज्ञापन

माओवादी सांसद माधव सापकोटाले भरपर्दो संयन्त्र बनाएर बोर्डमाथि छानबिनका लागि रुलिङ गर्न माग गरे । खुला खुला यसका बारेमा धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ । म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको भन्ने आएको छ । यो विषयमाथि भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न पर्‍यो’, उनले भनेका छन् ।

त्यस्तै राप्रपा सांसद रोशन कार्कीले आइपीओको अनुमतिका लागि कमिशन माग्ने बोर्डका प्रमुखलाई कारवाही गर्न माग गरेकी छिन् । उनले भनेकी छिन् ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो, तर त्यो ऐनामा पनि अहिले एउटा कुरुप कमिसनखोरको अनुहार देखिएको छ । आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डका प्रमुखले पाँच देखि सात प्रतिशत कमिसन मागेको बिषय आईरहेको छ । बोर्डले राम्रो काम गर्न सकिरहेको छैन् । मान्छेहरुको लाखौं करोडौं रकम फसिरहेको छ । अध्यक्षले कमिसन मागेको बिषय छ, प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले तत्कालै कामअघि बढाओस र कमिसनखोर बोर्ड अध्यक्ष माथि कारवाही होस् ।

उर्जा उत्पादकहरुले धितोपत्र वोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले विचौलिया प्रयोग गरेर पाँच देखि सात प्रतिशत घुस मागेको प्रमाणसहित अख्तियारमा समेत उजुरी दिएका छन् ।

सन्तोष काँग्रेसीहरुको जोडबलमा धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति भएका हुन । अघिल्लो मंसिरमा उनी धितोपत्र वोर्डको अध्यक्ष नियुक्त भएका थिए । बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नियुक्ति निक्कै विवादित बनेको थियो । बोर्ड अध्यक्ष बन्न पाँच अर्ब रुपैयाँको चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा नै उजुरी परेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष