स्टार्टअप कर्जाका लागि छानिए ६ सय ६१ परियोजना

चालु आर्थिक वर्ष २०८०/ ८१ को स्टार्टअप कर्जाका लागि ६ सय ६१ वटा परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ । अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले कर्जाका लागि दर्ता गरेका थिए ।
ती प्रस्ताव मध्येबाट १ हजार ३१४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६६१ वटा छनोट भएका हुन् । उनीहरूले ५ लाखदेखि २५ लाख रुपैयाँ सम्म कर्जा पाउने छन् । ३ प्रतिशत व्याजदरमा यस्तो कर्जा पाउन लागेका हुन ।

बिज्ञापन

बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ ।

बिज्ञापन

स्टार्टअप उद्यम कार्यक्रम कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्ने र स्टार्टअप कर्जा कोष सञ्चालन सरकारी स्वामित्वको वाणिज्य बैंकबाट हुने गरी कार्यविधिमा उल्लेख छ ।
यस्ता कर्जाका लागि छनौंट भएका उद्योगले परियोजनाहरुले तोकेका बैंकहरुबाट कर्जा पाउनेछन् । कुन उद्योगले कुन बैंकबाट कर्जा पाउने भन्ने सूचना बुधबारसम्ममा प्रकाशन हुने परियोजनाले जनाएको छ । ४५ दिनभित्र त्यस्तो कर्जा नलिए रद्ध हुने जनाइएको छ ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष