नेपाल राष्ट्र बैंकका गभर्नर,नेप्से,धितोपत्र वोर्ड जस्ता नियामक निकायका प्रमुख नियुक्तिमा जोडिदै आएका एक विचौलिया पात्र हुन दीपक भट्ट ‘चन्दने’ । आफू कहिँ कतै नदेखिने,शासकदेखि प्रशासकसम्मलाई हातमा लिएर आफू अनुकुल काम फत्ये गराउँदै आएका उनै भट्टलाई समेत माथ खुवाउने गरी अर्काे विचौलिया निस्किएका छन् ।
बिज्ञापन
पछिल्लो समय उनै चन्दनेलाई समेत माथ खुवाउने गरी संघीय मामिला तथा सामान्य प्रशासन,भूमि व्यवस्था मन्त्रालय,गृह मन्त्रालयको मन्त्री र सचिवको कार्यकक्षमा धर्ना दिइरहेका भेटिन्छन्,उनी । उदयपुर घर भएका उनी स्कारपिओ चढेर हिड्छन्,कहिल्यै मास्क खोल्दैनन् र क्याप टोपीले अनुहार छोपेर हिड्छन् । जस्को बास नै गृह,सामान्य,भूमि मन्त्री,सचिव र कर्मचारी प्रशासनमा देख्न पाइन्छ । ०७४ सालमा मोहन कृष्ण सापकोटा सामान्य प्रशासन सचिव हुँदा ती सिंहदरबारमा इन्ट्री पाएका ती खेलाडी हुन प्रमोद खड्का । पछिल्लो समय सामान्य र भूमि प्रशासनका कर्मचारी सरुवामा उनको ठाडो हस्तक्षेप रहँदै आएको कर्मचारीहरु अनुभव सुनाउँछन् । महानिर्देशकमा विदुर खनाललाई लैजानका लागि मोटो रकमको व्यवस्था गर्ने पनि उनै हुन भन्छन्,कर्मचारीहरु । तत्कालीन महानिर्देशक कृष्ण सापकोटालाई खड्काले लैजाने पनि तिनै हुन भन्छन्,भूमि मन्त्रालयका भुक्तभोगी । अहिलेसम्मको सरुवामध्ये सबैभन्दा बढी विवादमा सरुवा सूची निस्किएको थियो,सोही समयमा । वर्तमान महानिर्देशक शिव रेग्मी डिजी बन्ने चर्चामा थिएनन् । लाइनमा थिए मदन कोइराला र श्रवण पोखरेल तर खरा प्रशासकका रुपमा चिनिएका यी प्रशासकहरुसँग सेटिङको काम नहुने भएका कारण आफ्नो पकेटका कर्मचारी रेग्मीलाई त्यहाँ लाने काम भएको बताइन्छ ।
बिज्ञापन
अहिले उपत्याकाका केही मालपोत कार्यालयका प्रमुखहरु उनैले परिवर्तन गरेको बताइन्छ । उदयपुरबाट साँखुमा कुमार खड्कालाई ,नवलपरासीबाट कलकीको प्रमुख पुरण केसी,मन्त्रालयमा लामो समयदेखि बरण्डामा रहेका जीवन सेढाईलाई ललितपुर लैजादा लाखौं लाखको खेलोमेलो भएको बताइन्छ । उसो त हेटौंडाका रघुवंश कँडेल,वेलवारीमा मदन घिमिरे,झापाबाट राजेश प्रसाद पोखरेलसँग लाखौंका दरले उठाइएको बताइन्छ । पछिल्लो समय उपत्याकाका चल्तीका मालपोत कार्यालयहरुको खरिदार,नासु,अधिकृतसम्मको सरुवामा उनैले गर्ने गरेको बताइन्छ ।
बिज्ञापन
उसो त केही साता अघिमात्र कास्की मालपोतमा कार्यालय प्रमुख भएर गएका थिए, चिरञ्जिवी पौडेललाई हटाएर त्यहाँ रामचन्द्र अधिकारीलाई लैजान जोडबल गर्ने र सामान्य र भूमि दुवैतिर लाइन मिलाउन दौडने पनि उनै हुन । तीन महिना अगाडिमात्र त्यहाँ पुगेका पौडेललाई उनलाई त्यहाँबाट नझिकी भएको छैन,विचौलियाको समूहलाई । ०५६ सालका १ नम्बरका अधिकृत हुन,पौडेल । उनका व्याजीहरु कोषहरि निरौला,नेत्र सुवेदी इन्दु घिमिरे सहसचिवको भूमिका छन् । रामेश्वर दंगाल सचिवै भए । श्रीमती रोगी हुँदा अध्ययन र परीक्षामा जुट्न नसकेका कारण उपसचिवमै छुटेका उनी अवको आठ महिना पछि उमेर हद लागेर घर फर्किदै छन् ।
जागिरे जीवनको १३ बर्ष दमौली,लमजुङ्ग,स्याङ्गजा मालपोतमै बिताएका वेदागी कर्मचारीका रुपमा चिनिएका पौडेलभन्दा पनि तीन बर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा कास्की मालपोतमा खटाइएको थियो पौडेललाई तर एक दिनमै त्यहाँबाट सरुवामा परे अर्थात उपसचिवको सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ्ग खटाइयो । कास्कीमा दुई बर्षभन्दा बढी समय बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ्ग पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको माग अनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन चिरञ्जिवी । तर तीन महिना नबित्दै उनको सरुवा गर्न विचौलियाको समूह लागि परेको छ । सो समूहले आफू अनुकुलको उपसचिव रामचन्द्र अधिकारी नै खोज्नुको रहष्य हो ‑भाट,राणा,शाह हुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा रहेको १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सो जग्गा हत्याउने योजना अनुरुप आफू अनुुकलको कर्मचारी खोजी गरिरहेका छन् खड्काले ।